नेभिगेशन

भूकम्पबाट साढे ४ हजार अपाङ्ग

जनस्वास्थ्य सरोकार । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी घाइते भएकामध्ये ४ हजार ४ सय मानिसhealth ministry अपाङ्ग भएका छन् । भूकम्पपछि उपत्यकासहित बाहिरबाट सिफारिस गरिएकामध्ये ४ हजार ४ सयजना कुनै न कुनै प्रकारको अपाङ्गता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८ हजार ८ सय ९१ को ज्यान लिएको भूकम्पमा परी २२ हजार तीन सय दुई जना घाइते भएका थिए ।उपत्यकामा ठूला अस्पताल सिफारिस गरिएका गम्भीर घाइतेमध्ये ६ प्रतिशतको मेरुदण्ड भाँचिएको, चार प्रतिशतको हातखुट्टा काट्नुपरेको, दुई प्रतिशतको स्नायु नली थिच्चिन पुगेको छ । तथ्यांकअनुसार घाइते ३ प्रतिशतलाई हातखुट्टा भाँचिँदा हिँडडूल गर्न समस्या भइरहेको छ । बाँकी ५ प्रतिशत घाइते शरीरका अन्य विभिन्न भागमा चोटपटक लाग्दा अपाङ्गताको सिकार हुनुपरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज