जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल फर्मास्युटिकल्स प्रा.लि. (एनपिएल) का प्रबन्ध निर्देशक एवं औषधि उत्पादन
संघ (एपोन) का पूर्व अध्यक्ष महेन्द्रबहादुर अमात्यको एक्कासी मुटुको चाल घटेका कारण काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । हाल उहाँलाई भेन्टिलेटरमा राखिएको छ । अमात्यको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिललगायतका चिकित्सकबाट उपचार भइरहेको छ । करिब ६५ वर्षीय अमात्य विगतदेखि नै मुटुको बिरामी हुनुहुन्थ्यो ।
माघ १२ गते मंगलबारका दिन अमात्यको मुटुको चाल एक्कासी घटेपछि बीरगञ्जस्थित स्थानीय अस्पतालमा उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । अवस्था सिकिस्त भएपछि उहाँको पिसिआर समेत गर्नुपर्ने अवस्था आयो र खराब मौसमको बावजूत पनि उहाँलाई हेलिकप्टरबाट सोही दिन ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पु¥याइयो । अस्पतालमा शुरुमा एन्जिओग्राफी र बाइपास गर्दा अवस्था सामान्य देखियो । एक्कासी मुटुको चाल कम भएकाले शुरुको अवस्थामा टेम्पोररी पेशमेकरमा राखिएपनि अस्पतालमा अहिले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिललले जनस्वास्थ्य सरोकारलाई जानकारी दिनुभयो ।
डा.अनिलले भन्नुभयो—‘अस्पतालमा ल्याएको भन्दा अहिले स्वास्थ्य अवस्थामा सुधार आएको छ ।’
जनस्वास्थ्य सरोकारले अमात्यको शीर्घ स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १३, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ