लामखुट्टेको टोकाईबाट सर्ने जिका भाइरसको संक्रमणपछि बच्चाहरु सानो टाउको र अर्धविकसित मस्तिष्कसहित
जन्मिनुको कारण पत्ता लगाउनका निम्ति आकस्मिक अनुसन्धान गर्न राष्ट्रसंघका स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन्।
जटिलता
यो खासगरी बच्चाहरु साना टाउको र अर्धविकसित मस्तिष्कसहित जन्मिनुसँग सम्बन्धित छ। विश्व स्वास्थ्य संगठनले जिका भाइरसविरुद्ध तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ।
प्रतिबन्ध
विश्व स्वास्थ्य संगठनका अनुसार वर्तमान समयमा जिकाविरुद्धको खोप र उपचार उपलब्ध छैन। उक्त संगठनले चाहिँ व्यापार र यात्रामा प्रतिबन्ध लगाउन आवश्कय नरहेको जनाएको छ। यद्यपि यात्रा गर्नेहरुलाई लामखुट्टेको टोकाईबाट बच्न र लामखुट्टे हुने खाल्टाखुल्टीबाट टाढा रहन उक्त संगठनले सुझाव दिएको छ। तीव्र गतिमा फैलिरहेको जिका भाइरसबाट अमेरिकी महादेशमा यो वर्ष ४० लाख मानिसहरु संक्रमित हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: बुधबार, माघ २०, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
