Logo
|
Thursday 28th March 2024
Logo

epaper

यौन सम्पर्कबाट जिका भाइरसको संक्रमण



यौन सम्पर्कबाट जिका भाइरसको संक्रमण हुने गरेको पुष्टी भएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रलेzika virus यौनसम्पर्कबाट जिका भाइरस सरेको पुष्टि गरेको हो ।
यद्यपी यौनसम्पर्कबाट जिका भाइरस सरेको दुर्लभ घटना अमेरिकामा देखापरेको अधिकारीहरुले बताएका छन् ।
टेक्सस राज्यमा जानकारीमा आएको जिका भाइरसको उक्त घटना लामखुट्टेको टोकाइबाट नसरेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । ती संक्रमित व्यक्ति पछिल्लोपटक विदेश यात्रामा नगएको बताइएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी) की उपनिर्देशक एन सुकटले भनिन्—सीडीसीको प्रयोगशालाले विदेश यात्रा नगरेका एक व्यक्तिमा जिका भाइरसको संक्रमण भेटिएको पहिलोपटक पुष्टि गरेको छ । यो लामखुट्टेबाट सरेको नभइ यौनसम्पर्कबाट सरेको भन्नेमा हामीलाई दरो विश्वास छ । एउटा प्रमुख कारण के हो भने उक्त क्षेत्रमा लामखुट्टेको कुनै समस्या छैन ।’
भेनेजुएला पुगेर फर्केका व्यक्तिसँग यौन सम्पर्क गर्दा उनलाई जिका भाइरस सरेको अधिकारीहरुले बताएका छन् ।
जिका सामान्यतया लामखुट्टेको टोकाइबाट सर्छ र नवजात शिशुहरुमा देखिएको अविकसित मस्तिष्कको समस्याका लागि यसलाई जिम्मेवार ठानिएको छ

जिका भाइरस अमेरिकी क्षेत्रमा फैलिएको छ र यसलाई विश्व स्वास्थ्य संगठनले विश्व जनस्वास्थ्य आपत्कालको रुपमा घोषणा गरिसकेको छ ।
तर संयुक्त राज्य अमेरिकामा जिका भाइरस देखिएको यो पहिलो घटना हो ।
अधिकारीहरुले जिका भाइरस यौनसम्पर्कबाट पनि सर्छ भन्नेबारे बुझाउनका लागि जनचेतना जगाउन आवश्यक रहेको बताएका छन् ।
जिका भाइरस एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
हालै क्यारेबियन क्षेत्रको भ्रमणबाट स्वदेश फर्किएका दुई जना अष्ट्रेलियालीमा पनि जिका भाइरसको संक्रमण देखिएको छ ।
ती व्यक्ति सिड्नीको भएको बताइएको छ ।
यसैबीच ब्रजिलले जिका भाइरससँग जोडिएको ठानिएको अविकसित मस्तिष्कसम्बन्धी ३६ सयभन्दा बढी संदिग्ध घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्