Logo
|
Friday 29th March 2024
Logo

epaper

जिका भाइरसबारे नेपालमा चिन्ता



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको जिका भाइरसबारे नेपालमा पनि यसको परिणामलाई लिएर सरोकारबाला चिन्तित बनेका छन् । यो भाइरस प्राणघातक नभएपनि यसले गर्भवती महिलालाई भने प्रत्यक्ष असर पु¥याउँदछ । एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरस गर्भवती महिलामा सरेमा गर्भवती महिलाले जन्माएको शिशूको टाउको जन्मजात सानो हुने, वच्चा सुस्त मनस्थीतिको हुने जस्तो समस्या देखिने गर्दछ । सन् १९४७ मा युगाण्डामा बाँदरमा भेटिएको यो भाइरस सन् १९५४ मा पहिलो पटक मानिसमा देखिएको हो । तर लामो समयसम्म यो भाइरस अन्य व्यक्तिमा नदेखिएपनि सन् २०१५ मा ब्राजीलमा फेरी एकपटक यो भाइरस देखियो जसपछी महामारीको रुपमा यो भाइरस फैलिएको छ । अहिलेसम्म २४ देशमा यो भाइरस फैलिसकेको छ । जिका भाइरस संक्रमणको दृष्टिले दक्षिण एसिया पनि जोखिमपूर्ण क्षेत्रमा नै पर्दछ । जिका भाइरस र यसलाई सार्ने लामखुटे नेपालमा पनि पाइने भएकाले नेपालपनि यसको संक्रमणवाट अछुतो रहन नसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् । यो भाइरस लागेको व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, शरीरमा रातो विमिरा जस्ता दाग देखिने गर्दछ । सबैभन्दा ठूलो कुरा त यस रोगको उपचार नै नभएकाले अलिक बढी आत्तिनुपर्ने निर्देशक मरासिनी भन्छन् –‘यो रोग लागेमा न त यसको खोप छ न त औषधि नै ।’ यसकारण पनि रोग लाग्न नदिनु नैmosquito बुद्धिमानी हुने निर्देशक मरासिनीको तर्क छ ।

विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणलाई लिएर अन्र्तराष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ । यो संक्रमणले मानिसको मृत्यु नहुने रहेछ भन्ने भ्रम पालेर जिकालाई सामान्य रुपमा लिनु मुर्खता भएको विज्ञहरुको भनाइ छ । विज्ञहरुका अनुसार जिका भाइरसको संक्रमण भएका गर्भवती महिलाहरुबाट जन्म दिने बच्चाहरुमा यसले ठूलो खतरा निम्त्याउन सक्ने संकेतहरु देखिएको छ । जस्तो केही महिना अघि ब्राजिलमा एउटा बच्चाको जन्म भयो, उसको टाउको स्वभाविक भन्दा सानो थियो र केही दिनमै त्यो बच्चाको मृत्यु भयो । त्यसपछि अनुसन्धानका आधारमा जिका संक्रमण भएका इलाकाहरुमा टाउको सानो भएर जन्मने बच्चाहरुको संख्या सामान्य भन्दा बीस गुणा बढी भएको ब्राजील सरकारले प्रतिवेदन जारी गरेको प्रतिवेदनमा उल्लेख छ । यसले सवै सरोकारबालाहरुलाई झस्काइदिएको छ ।
लामखुट्टेले घरवरपर सफा जमेको पानीमा अण्डा पार्ने भएकाले यसको निर्मूलीकरणका लागि पनि पानी जम्न दिन नहुने निर्देशक मरासिनी सुझाउँछन् । जिका सम्बन्धि अझै पनि धेरैलाई जानकारी नभएको भन्दै यसवारे सर्वसाधरणलाई जानकारी दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बजेट तथा सूचनाका विषयमा आन्तरिक छलफल चलाइरहेको निर्देशक मरासिनीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्