जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा पेशालाई निकै सम्मानजनक पेशााको रुपमा हेर्ने गरिन्छ किनभने यो पेशा विशुद्ध मानवको ज्यान जोगाउने पेशा हो । यस्तो सम्मानजनक पेशामा पनि नक्कली चिकित्सक होलान् त भन्ने लाग्छ । तर अब यो भ्रमबाट हामी बाहिर निस्कन जरुरी बनाएको छ, जब प्रहरीले माघ २३ गते १२ जना नक्कली चिकित्सक पक्राउ गरी नाम सार्वजनिक ग¥यो । त्यसमा चार जनाले त मेडिकल काउन्सिलको परीक्षा नै उत्तीर्ण गरेका छैनन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देशका विभिन्न अस्पतालमा काम गरिरहेका यी नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । लामो समयको अनुसन्धानपछि व्यूरोले एसएलसी तथा प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी चिकित्सक पास गरेको फेला पा¥यो । व्यूरोका डीआईजी हेमन्त मल्ल भन्छन्—‘नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरी त्यसकै आधारमा नेपाल मेडिकल काउन्सिलको प्रमाण लिएका नक्कली चिकित्सकलाई पक्राउ गरेका हौं ।’
मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नै नगरी, विना दर्ता प्रमाणपत्र रजिष्टर्ड चिकित्सक हुँ भनी सर्वसाधारण मानिसको उपचार गर्ने गिरोह नै रहेको व्यूरोको ठहर छ । डीआइजी मल्ल भन्छन्—‘यस्ता नक्कली चिकित्सक अरु पनि भएकाले अनुसन्धान जारी राखेका छौं ।’
को को परे पक्राउ ?
रामबाबु गिरी अनारमनी—३ झापा बीएनसी अस्पताल, बिर्तामोड
विनिता यादव विष्णुपुर—५ धनुषा कलेज अफ मेडिकल साइन्स भरतपुर
भगवान केवट मल्लाह जनकपुर—१४ धनुषा अजित मेडिकल हल, जनकपुर
शैलेन्द्रकुमार महतो सत्तोखर—६ धनुषा रामजानकी डेन्टल मेडिकल, जनकपुर
अफजल हुसैन तौलिहवा—५ कपिलवस्तु स्वास्थ्य सेवा क्लिनिक तौलिहवा
श्यामबाबु शाह औरही—६, महोत्तरी ग्लोबल अस्पताल ग्वार्को ललितपुर ।
व्यूरोका अनुसार, पशुपति मोडेल अस्पताल इटहरीमा कार्यरत पशुपति चौधरी अस्पतालका प्रमुख हुन् । उनले नेपाल मेडिकल काउन्सिलको परीक्षासमेत उत्तीर्ण गरेका छैनन् । बंगलादेशबाट एमबीबीएस गरेका गिरीले फिलिपिन्सबाट एमडी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २४, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ