जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको गएराति (२५
गते राति १२.५०, २०७२) निधन भएको छ । लामो समय क्यान्सर,निमोनिया जस्ता रोगबाट पीडित कोइरालाको महाराजगञ्जस्थित निवासमा निधन भएको हो । दुइ तीन दिन देखि सामान्य ज्वरो आइरहेको कोइरालालाई मौसमी रुघाखोकीले आएको ज्वरो हो भनिएको थियो । नेपाली कांग्रेसको महाधिवेशनको चटारोमा लागेका कोइरालाको सुतिरहेका बेला गा¥हो भएको केही क्षणमै शयन कक्षमै निधन भएको पारिवारीक स्रोतले वताएको छ । कोइरालाका निजी चिकित्सक प्राध्यापक डाक्टर करवीरनाथ योगीका अनुसार, कोइराला क्यान्सरका अलावा ब्रोनकाइटिस, क्षयरोग र निमोनिया जस्ता रोगबाट पीडित थिए । निमोनियाका बिरामीहरुका लागि चिसो मौसम घातक मानिन्छ । यस्ता बिरामीहरुलाई चिकित्सकहरुले चिसो मौसममा सचेत रहन सल्लाह दिन्छन् । ‘चिसोकै कारण बढी च्याप्ने निमोनिया जस्तो रोगले अन्ततः कोइरालालाई पनि छोडेन्’—प्रा.डा.योगीले भने । सामान्य स्वास्थ्य परिक्षणकालागि केही दिन अघिमात्र कोइरालालाई ओम अस्पताल र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो । स्वास्थ्य परिक्षणका क्रममा कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको वताइएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २६, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ