Logo
|
Friday 29th March 2024
Logo

epaper

चीनमा देखियो जिका भाइरस



जनस्वास्थ्य सरोकार । छिमेकी मुलुक चीनमा पनि जिका भाइरस देखिएको छ । हालै दक्षिण अमेरिकी मुलुक भ्रमण

Aedes aegypti mosquitoes are seen inside Oxitec laboratory in Campinas, Brazil, February 2, 2016. REUTERS/Paulo Whitaker

गरी स्वदेश फर्किएका चीनको पूर्वी प्रान्त जियाङजीका ३४ वर्षीय एक पुरुषमा जिका भाइरस पुष्टी भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ । हङकङबाट भेनेजुयला जानेक्रममा ति पुरुषमा जिका संक्रमण भएको जनाइएको छ । ति व्यक्तिमा ज्वरो, आँखा रातो, बान्ता आउने लक्षण देखिएको थियो । हाल उनको स्वास्थ्यवस्था सामान्य रहेको जनाइएको छ । जिकाका कारण बालबालिकाहरु जन्मजात अपाङ्ग हुने क्रम बढेपनि चिसो मौसमका कारण चीनमा यो रोग फैलन नसक्ने चिनिया अधिकारीहरुले बताएका छन् ।
—एजेन्सी

प्रतिक्रिया दिनुहोस्