जनस्वास्थ्य सरोकार, पोखरा । मुलुकमा हाडजोर्नी सम्बन्धिको शिक्षा र उपचार सेवालाई अत्याधुनिक गर्ने उद्देश्यले
पोखरामा बिहिबारदेखि तीनदिने अन्र्तराष्ट्रिय गोष्टी ‘अर्थाेकोन २०१६’ शुरु भएको छ । नेपाल जापानको संयुक्त प्रयासमा नेपाल अर्थोपेडिक एसोसिएसनले नेपालमा आयोजना गरेको यो तेस्रो गोष्टी हो ।
गोष्टीमा हाडजोर्नीको उपचार र शल्यक्रियाका विषयमा एक आपसमा क्षमता आदानप्रदान गर्न विभिन्न देशका हाडजोर्नी शल्य चिकित्सकहरुको सहभागिता रहेको छ ।
गोष्टीमा नेपाललगायत जर्मनी, थाइल्याण्ड, कोरिया, जापान, भारत गरी करिव ३ सय ५० हाडजोर्नी शल्यचिकित्सकहरुको उपस्थिति छ ।
सो गोष्टीमा हाडजोर्नीसम्बन्धि उपचारमा आफूले गरेका अनुभव र शिक्षासम्बन्धि एक सय ३५ वटा कार्यपत्र प्रस्तुत गरिदै छ । नेपाल अर्थोपेडिक एसोसिएसनका महासचिव वरिष्ठ हाडजोर्नी श्ल्यचिकित्सक डा. व्यापक पौडेलका अनुसार, नेपाल अर्थोपेडिक एसोसिएसनलाई पहिलोपटक अन्तर्राष्ट्रियकरण गर्दै अमेरिकन अर्थोपेडिक एसोसिएसन, युरोपिएन आर्थोपेडिक एसोसिएन, जापानिज अर्थोपेडिक एसोसिएन, थाइल्याण्ड, पाकिस्थानी अर्थोपेडिक एसोसिएसनका अध्यक्षलाई गोष्टीमा सहभागी हुन अनुरोध गरेको छ । शरीरका अंगहरुमध्ये हाडजोर्नी महत्वपूर्ण अंग मानिन्छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमध्ये ३० देखि ४० प्रतिशत बिरामी हाडजोर्नीसँग सम्बन्धित भएको सम्बन्धित चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २९, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ