जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित सेरो डायग्नोटेकका सञ्चालक किरण श्रेष्ठलाई नक्कली
स्टिकर टाँसेर गुणस्तरहीन एचआईभी टेष्ट किट बेचेको आरोपमा ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनले चाइनामा बनाइएको अति न्यून गुणस्तरको एचआईभी टेष्ट किटमा इटलीमा निर्माण भएको सिई एवं विश्व स्वास्थ्य संगठनको स्टैण्डर्डको ‘एडोल्टिस’ कम्पनिले बनाएको एचआईभी किटको जस्तै बाहिर स्टिकर टाँसेर बेचेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको थापाथलीस्थित ‘मेडिसर्व प्रा.लि.’ नेपालका लागि सो कम्पनिको उत्पादन एचआइभी किटको आधिकारिक बिक्रेता हो । पक्राउ परेका श्रेष्ठले आफूले नक्कली स्टिकर टाँसेर एचआईभी किट बेचेको स्वीकारेका छन् । सानेपास्थित गोदाममा प्रहरीले छापा मारेर त्यहाँबाट १७ वटा यस्ता नक्कली स्टिकर टाँसेका एचआईभी किट बरामद गरेको छ । छानबीनका लागि श्रेष्ठसहित ४ जनालाई जाउलाखेलस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको इन्सपेक्टर कवित कट्वालले जानकारी गराए ।
पक्राउ परेका श्रेष्ठले बिक्री गरेको एचआईभी किटले नेपाली सैनिक अस्पतालमा एचआईभी नभएको व्यक्तिलाई टेष्ट गर्दा उनमा एचआईभी पोजेटिभ देखियो भन्ने जानकारीको आधारमा मेडिकल एवं सर्जिकल बिक्रेताहरुको छाता संगठन केमसानको अगुवाइमा प्रहरीमा उजुरी जाहेर भएको थियो । प्रहरीले सानेपास्थित सेरो डायग्नोटेकको गोदाममा छापा मार्दा नक्कली किट फेल पारेको थियो ।
इन्सपेक्टर कटवालले भने—‘छानबीन पछि पाएको निक्र्योलको आधारमा के कस्तो कारबाही गर्ने भन्ने निर्णयमा पुग्छौं ।’ केमसानले यसलाई एउटा व्यवसायीले नेपालको जनस्वास्थ्यमाथि खेलवाड शुरु गरेको भन्दै दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ