Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य खबरको समाचारप्रति इष्टवेष्ट कन्सर्नको घोर आपत्ति ‘यो पित पत्रकारिताको ज्वलन्त उदाहरण हो’—श्रेष्ठ



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंबाट प्रकाशित हुने स्वास्थ्य खबर नामक मासिक पत्रिकाको अनलाइन 12345मिडिया swasthyakabar.com ले लेखेको समाचारमा काठमाडौंमा रहेको इष्टवेष्ट कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक शेरसिंह श्रेष्ठले नीजि ल्याबबाट म्याद नाघेका केमिकल तथा टेष्ट किटहरु उठाएर भरतपुर क्यान्सर अस्पतालमा पु¥याउने धन्दा गर्दै आएको भन्ने समाचार प्रति इष्ट वेष्ट कन्सर्नले घोर आपत्ति जनाएको छ । गत फागुन १४ गते ‘म्याद गुज्रेका केमिकलबाट क्यान्सरको परीक्षण, अस्पताल निर्देशक नै धन्दामा (छानविन समितिको प्रतिवेदनसहित)’ शीर्षकमा सो समाचार छापिएको थियो ।

बिगत ३४ वर्षदेखि आफ्नो अस्तित्व कायम राख्न सफल इष्टवेष्ट कन्सर्न प्रा.लि. को इज्जत र प्रतिष्ठामा आँच पुग्ने गरी हल्का रुपमा लिएर बिना प्रमाण समाचार लेखिएको भन्दै इष्टवेष्ट कन्सर्नका प्रबन्ध निर्देशक शेर सिंह श्रेष्ठले भनेका छन्— ‘यो पित पत्रकारिताको ज्वलन्त उदारहण हो । यसले हाम्रो बेइज्जत भएको र व्यापारमा करोडौंको घाडा भएकाले क्षतिपूर्तिका लागि अदालतसम्म पुग्ने छौं ।’
‘समाचारमा अस्पतालमा अख्तियारले छानबीनका लागि निर्देशन दिएको र यसका लागि छानबीन समिति बनेको तथा समितिले निरीक्षण गरेर छानबीन प्रतिवेदन पेश गरेको भन्ने उल्लेख छ र छानबीन प्रतिवेदन पनि छापिएको छ । तर छानबीन प्रतिवेदनमा शेर सिंह श्रेष्ठ र इष्टवेष्टको कुरा कतै पनि उल्लेख भएको छैन । छानबीन प्रतिवेदनले उल्लेख नगरेको कुरालाई पुर्वाग्रह सहितको नयाँ परिस्थिति सृजना गरेर शेर सिंह श्रेष्ठ र इष्ट वेष्ट कन्सर्न प्रा.लि. लाई लान्छित गर्ने काम भएको छ ।’ प्रबन्ध निर्देशक श्रेष्ठले दुःख व्यक्त गर्दै भनेका छन्—‘यसको पछाडि के छ ? अरु मान्छेलाई तर्साउने र मैले यस किसिमको समाचार लेख्न सक्छु भन्ने देखाउन खोजेको हो ?’ उनको प्रश्न छ—‘अन्यथा छानबीन प्रतिवेदनमा इष्टवेष्ट कन्सर्न प्रा.लि. र शेर सिंह श्रेष्ठले उपत्यककाका निजी प्याथोलोजीहरुबाट म्याद नाघेको किट र रिएजेन्टस्हरु जम्मा गर्ने गरेको र जम्मा गरेर क्यान्सर हस्पिटलमा दिने गरेको भन्ने समाचारको पुष्टी के बाट प्रमाणित हुन्छ ? ’
उनले भने—‘कसैले गरेको गल्तीबारे कतैबाट प्रमाणित भएको अवस्थामा मात्र प्रमाणको आधारमा समाचार लेख्ने अधिकार हुन्छ । म्याद नाघेका किट अस्पतालमा लगेर दिने गरेको भन्ने समाचारको आरोपको आधार के हो ? प्रमाण र आधारबिना यो समाचार उत्पादन गरी कसरी सम्प्रेषण गरियो ? ’
आचारसंहिता अनुसार पत्रकारिता गर्नुपर्छ । अर्काको मानहानी र इज्जत प्रतिष्ठामा आधात पु¥याउने जस्ता गतिविधि प्रमाणित भएमा मुलुकी ऐनको गालीबेइज्जति महलअन्तर्गत क्षतिपूर्ति र कैदसम्म गर्ने व्यवस्था छ ।
यता ठोस प्रमाणबिना प्रकाशित उक्त काल्पनिक तथा भ्रामक समाचारले इष्टवेष्ट कन्सर्नको ख्यातिमा ठेस पुगेको भन्दै इष्टवेष्टले स्वास्थ्य खबर पत्रिकाका सम्पादकलाई भ्रामक समाचार सच्याउन फागुन १७ गते आग्रह सहितको पत्र पठाएको थियो । उता समाचारको खण्डन हुन थालेपछि पत्रिकाका सम्पादक अनिल न्यौपाने ठोस प्रमाण खोज्न भरतपुर क्यान्सर हस्पिटल पुगेका छन् । अब परिस्थितिले कस्तो मोड लिने भन्ने बारे आगामी दिनले पुष्टी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्