स्वास्थ्य खवरको समाचारप्रति बी एण्ड बी अस्पतालको आपत्ति, कागजपत्र आफैं बोल्छ—प्रा.डा. अशोक बाँस्कोटा, भ्रम फैलाउने पत्रकारिता नगर—डा. जगदीलाल बैद्य
जनस्वास्थ्य सरोकार, ललितपुर । ‘अनुसन्धानमा आधारित’ भन्दै पीडित पक्षको एकतर्फी कुरा सुनेर समाचार सन्तुलन नगरी सनसनी रुपमा प्रकाशन गरिने स्वास्थ्य क्षेत्रका समाचारहरुले समाजलाई भ्रमित बनाउनसक्ने चिकित्सकहरुले बताएका छन् । उनीहरुले भनेका छन्—‘दुवै तर्फको तथ्य कुरा राखेर समाचार सन्तुलन गर्नुपर्छ । अन्यथा यसले जनमानसमा स्वास्थ्य संस्थाप्रति नकारात्मक सोचको विकास गर्छ र उत्तेजना फैलाउन सक्छ । तथ्यमा आधारित रहेर गल्ती र कमजोरीहरुलाई औंल्याउन सक्नुपर्छ नकि कसैको संस्थागत र व्यक्तिगत चरित्र हत्या गर्ने ।’ यो स्वतन्त्र पत्रकारिताको मान्यताभित्र नपर्ने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. अशोक बाँस्कोटा बताउनुहुन्छ ।
काठमाण्डौंबाट प्रकाशित हुने एक पत्रिकाले सनसनीपूर्ण पत्रकारिताको शैलीबाट बी एण्ड बी अस्पतालबारे लेखेको समाचार गलत, भ्रामक र जनमानसमा उत्तेजना फिजाउने किसिमको भएको भन्दै यस किसिमका समाचार संकलन र सम्प्रेषण नगर्न अस्पतालले आग्रह गरेको छ । बी एण्ड बी अस्पतालका वरिष्ठ युरो सर्जन डा. जगदीश लाल बैद्य भन्नुहुन्छ—‘यस्ता प्रकाशन प्रति हामी दुःखी छौं र सत्य तत्य कुरा के हो भन्ने बारे ब्यबसायिक पत्रकारिता जगतले नै खण्डन गरोस् भन्ने चाहना राख्दछौं ।’
‘हामीले लाखौं स्वदेशी तथा बिदेशी नागरिकहरुलाई दशकौंदेखि स्तरीय स्वास्थ्य सेवा प्रदान गरेको सर्बविदितै छ । यस अस्पतालले पैसा लुट्ने मात्र उदेश्य कहिल्यै लिएको छैन । बिरामीको अवस्था हेरी गुणात्मक, परिणाममुखी, प्रमाणको आधारमा(evidence based) गरिने उपचार सेवा दिदै आइरहेको छ ।’ डा. बैद्य भन्नुहुन्छ—‘अस्पतालमा उपचारका लागि आउने अति सिकिस्त बिरामीको उपचारमा कुनै कमी हुन नदिई जीवन बचाउने हर सम्भब प्रयत्न गरिरहेका छौं ।’ डा. बैद्य भन्नुहुन्छ—‘सो पत्रिकाले प्रकाशित गरेको बिरामीहरु अर्जुन भण्डारी र गुण नारायण श्रेष्ठको बारेको समाचार प्रति हाम्रो बिमति रहेको छ र हाम्रो भनाई यस प्रकार रहेको छ ।’
बिरामी अर्जुन भण्डारीको सम्बन्धमा
घाइते बिरामी अर्जुन भण्डारी सडक दुर्घटनामा परी शुरुमा पोखराको एक अस्पतालमा भर्ना भएका थिए । निजको दाहिने हिप भाँचिएको, देब्रे पट्टीको पेलबिक बोन भाँचिएको, मलद्वार वरिपरि घाउ भएको र दुवै अण्डकोष बाहिर निस्किएको थियो । त्यो उपचार पोखराको सोही अस्पतालमा भएको थियो । नीज बिरामीको बायाँ हीप DHS ले fixed गरिएको थियो । बिरामीको खुट्टामा रक्तसञ्चार बन्द भई खुट्टा चिसो भएपछि भास्कुलर सर्जरी सेवाका लागि यस बी.एण्ड बी. अस्पतालमा रिफर गरिएको थियो ।
बिरामी यस अस्पतालको आकस्मिक कक्षमा आई पुग्ने बित्तिकै भास्कुलर सर्जनले जाँच गर्दा तिघ्राको रगतको नशा छिनेको ३ दिन भइसकेका कारण खुट्टा चिसो र निलो भइसकेको थियो । बिरामीको जीवन बचाउन तत्काल शल्यक्रीया गरी खुट्टा काटनुपर्ने सम्भावना थियो । उपचारका क्रममा आउन सक्ने जटिलता र संभावित आर्थिक ब्ययको बारेमा पनि बिरामीको बुबा शिव राम भण्डारी लाई जानकारी (counselling) गराई मन्जुरीनामा समेत लिइएको थियो । त्यसपछि बिरामीलाई आकस्मीक कक्षबाट तत्काल शल्यक्रिया कक्षमा लगियो । शल्यक्रिया गर्ने क्रममा बिरामीको जीवन बचाउन खुट्टा जोगाउन नसकिने देखियो । त्यसपछि बिरामीका बुवा शिवराम भण्डारीलाई पुःन जानकारी गराइयो र खुट्टा काट्ने अनुमति लिइयो । सो मन्जुरीनामाको अभिलेख अस्पतालमा सुरक्षित रहेको छ ।
दिनहुँ शल्यक्रिया कक्षमा लगी बिरामीको घाउ सफा गरिएको थियो । अर्को अस्पताललमा लाने दिन समेत शल्यक्रिया कक्षमा लगी बिरामीको घाउ सफा गरिएको थियो । यसै कारण आज बिरामी बाँच्न सफल भएको छ । उपरोक्त शल्यक्रिया, बिरामीले पाएको उपचार सेवा, परामर्श लगायतका अभिलेख अस्पतालमा सुरक्षित रहेको छ ।.
Antibiotic treatment was judiciously used as per culture reports
and in the context of a critically injured, polytraumatized patient. Attention was paid to pharmacological priciples such as additive, synergestic affects of
drugs in the face of certain antibiotic resistance. (As for example, combination of Carbapenum with Colistin provides bacterial kill even in the face of Colistin resistance!). Badly traumatized patients pick up life threatening infections easily and antibiotic therapy should not only target a single antibiogram report (as was considered in this malicious report) but should take into considered the bigger picture of polycentric seeding.
बिरामी गुण नारायण श्रेष्ठको सम्बन्धमा
गुणनारायण श्रेष्ठ दुर्घटनामा परी जटिल र गम्भिर अवस्थामा यस अस्पतालमा उपचारका लागि आएका थिए । उनको दाहिने नलिखुट्टाको हड्डी भाँचिएको खुल्ला घाउ समेत भएको (open fracture), दाहिने घुँडाको पाङ्ग्रे हड्डी फुटेको, दाहिने हातको दुबै हड्डी भाँचिएको, दाहिने तिघ्राको हड्डी (femur) भाँचिएको, दाहिने हिप बोन (Fracture neck of femur) फ्याक्चर भएको थियो ।
बिरामीको चोटपटकको जटिलता र गम्भिरताले लामो समय सम्म अस्पतालमा बसी उपचार गर्नुपरेको थियो । खुल्ला घाउ भएका कारण सही प्रकारको antibiotics दिइदा पनि संक्रमण फैलिरहेको थियो । संक्रमणका कारण उनको तिघ्राबाट पिप निस्कने र क्षयरोग लागेको भनिएता पनि यस अस्पतालमा जाँच पुष्टी भएको थिएन । यस किसिमको बिरामीको उपचारमा लामो समय लाग्न सक्दछ । उहाँको उपचारसम्बन्धि कागजातहरुको अभिलेख अस्पतालमा सुरक्षित रहेको छ ।
चोटपटक लाग्दा हड्डी भाँचिनुका साथसाथै अन्य जटिलताहरु पनि आउन सक्दछन् । दुवैजना बिरामीको उपचारमा यस अस्पताल र संलग्न चिकित्सकले आफ्नो ज्ञान, सीप र अनुभवको आधाारमा बिरामीको उचित उपचार पु¥याउन हरसम्भव प्रयास गरेको थियो । सो उपचारसम्बन्धि अभिलेख अस्पतालसँग सुरक्षित रहेको छ । यस किसिमको उपचार पद्घतिको समीक्षा विज्ञहरुले गर्ने हाम्रो ठहर छ ।
कागजपत्र आफैं बोल्छ
मेडिसिनमा २ प्लस २ फोर कहिल्यै पनि हुँदैन किनभने क्लिनिकमा बसेर औषधि लेखेर ठूला ठूला कुरा गर्ने एक ठाउँमा छ भने सिकिस्त बिरामीको खतराबाट जिउज्यान जोगाउनुपर्ने अवस्था अर्को ठाउँमा छ । चोटपटक लाग्दा हड्डी टुट्नुको साथै शरीरका अरु सिस्टममा पनि असर पर्नसक्छ । जस्तोः कहिलेकाँही रगत जाने नली छिनेको हुनसक्छ, विभिन्न तहका संक्रमण हुनसक्छन् । काँच फूटेको जस्तो गरी हड्डी टुक्रा टुक्रा हुनसक्छ । कहिलेकाँही डिसलेरेसन इन्जुरी हुनसक्छ अर्थात स्पिडमा दुर्घटना हुँदा छाति बज्रिएर फोक्सो, मुटुमा असर परेको हुनसक्छ । आन्द्रामा समस्या हुनसक्छ । कतिपय अवस्थामा एक्सरे गर्दा नदेखिन पनि सक्छ । यस्ता सबै कुरा केलाउनुपर्छ र उपचार शुरु गर्नुपर्छ । त्यसैले सामान्य तरिकाले यस्ता कुरालाई हेर्न हुँदैन ।सेप्सिस सिरियस प्रोब्लम हो । रगतको सञ्चालन बन्द भएपछि मांशपेशी भित्रभित्रै सड्छ । मरेको टिस्यू वरिपरी अरु टक्सिन उत्पन्न हुन्छ जसले अरु अंगको कार्यमा अवरोध गरी मानिसको ज्यान लिन्छ । बिरामी नबाँच्ने अवस्था भएमा काटेर चाँडै समस्याग्रस्त भएको भाग निकाल्नुपर्छ । कुन ठाउँमा काट्दा समस्याग्रस्त भएको सम्पूर्ण भाग निस्किन्छ भनी मूल्यांकन गरेर मात्र शल्यक्रिया गरिएको हुन्छ । खुट्टा नबचेपनि बिरामीको ज्यान बचाउनुपर्छ । हामीसँग भएका कागजपत्रले हाम्रो उपचार पद्धति सही भएको पुष्टी गर्दछ ।
भ्रम फैलाउने पत्रकारिता नगर
यो वास्तविक अनुसन्धानमा आधारित पत्रकारिता नभई समाजमा भ्रम फैलाउने किसिमको छ । यस किसिमको पत्रकारिता आर्थिक प्रलोभनका लागि गरेको देखिन्छ । त्यसैले हामी यस किसिमको पत्रकारिता गर्ने प्रकाशनप्रति दुःखी छौं । सत्य तत्य कुरा के हो भन्ने बारे ब्यबसायिक पत्रकारिता जगतले नै खण्डन गरोस् भन्ने चाहना राख्दछौं ।