Logo
|
Thursday 18th April 2024
Logo

epaper

ग्रान्डीमा अन्तर्राष्ट्रिय नर्स दिवस



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको अत्याधुनिक सुविधासम्पन्न अस्पताल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा
अन्तर्राष्ट्रिय नर्स दिवस—२०१६ मनाइएको छ । हरेक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ । यसैलाई लक्षित गरी अस्पतालले नर्सहरुको मनोवल उच्च राख्न आज विभिन्न कार्यक्रमहरुको आयोजना ग¥यो ।

यस वर्षको नारा ‘अ फोर्स फर चेन्ज इम्प्रुभिङ हेल्थ सिस्टम रिजिलेन्स’ रहेको छ । यसको अर्थ हो—‘परिवर्तनको एक शक्ति – स्वास्थ्य पद्धति मा शिघ्र सुधार’।
अस्पतालको नर्सिङ विभागको तर्फबाट आयोजना गरिएको बिशेष कार्यक्रम अन्तर्गत नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारीबारे जानकारीमुलक प्रवचन , प्रस्तुति, शुभकामना आदानप्रदान, नर्सिङ प्रतिज्ञा र सपथ ग्रहण गरिएको थियो


यसका साथै विभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुको तर्फबाट कविता वाचन, गायन, नृत्य लगायत मनोञ्जनात्मक कायक्रमहरु पनि प्रस्तुति गरियो ।
विश्वमा नर्सिङ सेवाको सुरुवात् गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्म तिथि १२ मे लाई संसारभर विश्व नर्स दिवसका रुपमा मनाउन थालिएको हो । ग्रान्डी अस्पताले पनि नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।
फ्लोरेन्स नाइटिङ्गेलले सन् १९१० अगष्ट १३ मा केन्यामा भइरहेको युद्धका बेला तयार पारिएको पहिलो नर्सहरुको टोलीलाई सपथ ग्रहण गराएकी थिइन् ।
युद्धका घाइतेहरुलाई अत्यन्त आत्मियताका साथ सेवा गरेका कारण उनी संसारकी महान नर्सका रुपमा चिनारी बनाउन सफल भएकी हुन् ।13214575_10153772286428198_99661611_o13214661_10153772285188198_1122282617_onimantrana13224307_10153772285073198_1259493433_o13224140_10153772284763198_240888226_o13148302_10153772286323198_363550000_o

प्रतिक्रिया दिनुहोस्