Logo
|
Thursday 28th March 2024
Logo

epaper

ग्रान्डी अस्पतालद्धारा स्टैण्डर्ड चार्टर्ड बैकमा रक्तदान



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा ग्रान्डी Standardअन्तर्राष्ट्रिय अस्पतालले संस्थागत रक्तदान कार्यक्रम गरेको छ ।
काठमाडौं नयाँ बानेश्वर स्थित स्टायन्डर्ड चार्टर्ड बैंकको केन्द्रिय कार्यालय भवनमा भएको सो रक्तदान कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंकका ५९ जना कर्मचारीहरुले रक्तदान गरेका गरे ।
ग्रान्डी अस्पतालका बिशेषज्ञ डाक्टरहरु सहितको नर्सिङ तथा मेडिकल टिमले रक्तदानको व्यवस्था मिलाएको थियो । रक्तदानका लागि आवश्यक सामग्रीहरु ग्रान्डी अस्पताल र नेपाल रेडक्रस सोसाइटीले संयुक्त रुपमा उपलब्ध गराएका थिए भने अन्य व्यवस्थापन स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको थियो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्