जनस्वास्थ्य सरोकार । नेपालका युवा न्यूरो सर्जन डा. अमित थापा पहिलो पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
भारतको नयाँदिल्लीस्थित गुडगाँउमा हालै सम्पन्न ‘वल्र्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत नेपाली न्युरोसर्जन डा. अमित थापालाई प्रथम पुरस्कारबाट सम्मानित गरिएको हो ।
डा. थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पु¥याएर निकाल्ने तरिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
स्पाइनमा देखिने ट्युमरहरु तुलनात्मक रुपमा अत्यन्त जटिल मानिने भएकाले तिनलाई निकाल्दा हाड काटेर निकाल्नुपर्ने र साथमा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने अनि लामो समयसम्म आराम गर्नुपर्ने तुलनात्मक अध्ययन बारे सो कार्यपत्रअन्तर्गत डा. अमितले चर्चा गर्नुभएको थियो ।
तर, पछिल्ला दिनहरुमा उपलब्ध ‘युनिल्याटरल लिमिटेड हम्मिल्यामाइनेक्टोमी’ लगायतका प्रविधिबाट ट्युमर निकाल्दा बिरामीले लामो समयसम्म अस्पताल बस्नु नपर्ने र घाउ समेत छिटो निको हुने साथमा उपचार खर्च पनि अत्यन्त कम लाग्ने कुरा समेत डा. थापाको प्रतिवेदनमा उल्लेख छ ।
स्पाइनका सबै प्रकृतिका ट्युमर निकाल्न भने यो प्रविधि उपयुक्त नहुन पनि सक्ने जिकिर गर्दै प्रस्तुतिमा न्युरोसर्जन डा. थापाले भनेका छन्— ‘बिरामीको अवस्था अनुसार यो प्रविधि प्रयोग गरी उपचार गर्न सकिन्छ ।’
नेपाल लगायतका अन्य विकासोन्मुख मुलुका बिरामीहरूमा यस्ता प्रविधिको प्रयोग अत्यन्त उपयोगी हुने डा. थापाको
ठहर छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ