गुल्मी, ८ मङ्सिर । गुल्मीको वाग्ला गाविसका मिर्गौलाको रोगबाट पीडित एक बालकको जीवन रक्षार्थ स्थानीयवासीले सहयोग सङ्कलन अभियानलाई तीव्र पारेका छन् ।
वाग्ला–७, दुवानेटाका ठगप्रसाद घिमिरेका १६ वर्षीय छोरा सूर्य घिमिरे दुवै मिर्गौला फेल भई यति बेला जीवनमरणको दोसाँधमा रहेका छन् ।
उनलाई उपचारका लागि काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएपनि परिवारजन उपचार खर्चको अभावमा फर्किनुपर्ने अवस्था भएपछि स्थानीयवासी सहयोग सङ्कलनमा जुटेका हुन्् ।
स्थानीयवासी चुरामणि घिमिरे, मधु घिमिरे, गङ्गा घिमिरे, सूर्य घिमिरे र सूर्य खनालको टोली कात्तिक ५ गतेदेखि सदरमुकाम तम्घासमा निरन्तर खट्दै चन्दा सङ्कलन अभियान तीव्र पारेका छन् । खनालले दिएको जानकारीअनुसार हालसम्म तम्घासबाट रु ६६ हजार तीनसय २५ सङ्कलन भएको छ । सहयोग गर्ने क्रम जारी रहेको छ ।
विशेषगरी चुरामणि घिमिरे र मधु घिमिरेको सक्रियतामा विभिन्न सरकारी कार्यालय, सङ्घसंस्था र उद्योगी व्यवसायीबाट राम्रो सहयोग सङ्कलन भएको खनालले बताउनुभयो । घिमिरे बन्धुले सदरमुकामबाटै सामाजिक सञ्जालमार्फत पनि देश–विदेशमा रहेका नेपालीसँग सहयोगको अपिल गरेको र केही रकम बाहिरबाट पनि जुट्ने क्रम जारी रहेको बताईएको छ ।
मिर्गौला पीडित बालकको परिवार बिहान–बेलुकाको गुजारा चलाउन नसक्ने र उनीहरूको पूरै घर–सम्पत्ति बेचे पनि छोरालाई बचाउन नसक्ने अवस्था भएपछि वाग्लाका शिक्षक, वुद्धिजीवी, राजनैतिक दल र देश–विदेशमा रहेका अन्य वाग्लावासीले पनि सहयोग सङ्कलन अभियान चलाइरहेको चुरामणि घिमिरेले जानकारी दिनुभयो । पीडित बालक वाग्लाको भगवती उच्च माविका कक्षा ११ का विद्यार्थी हुन् । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ