Logo
|
Friday 19th April 2024
Logo

epaper

अस्पतालमा शय्या माग गर्दै अनशन



राजविराज, ९ मङ्सिर । विभिन्न माग राख्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीले राजविराजस्थित hospital-bedगजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालको परिसरमा बुधबारदेखि आमरण अनशनमा बस्नुभएको छ ।

अस्पतालमा बालमैत्री, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, बिरामीलाई स्वस्थ, पोषिलो खाना, स्वच्छ पानी, अस्पतालमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक, प्राविधिक उपलब्ध हुनुपर्ने र प्रसूतिगृह, निर्माणाधीन भवनको अविलम्ब निर्माण कार्य, चिकित्सकको आवासको व्यवस्थासहितका माग राख्दै अध्यक्ष तिवारी आमरण अनशनमा बस्नुभएको हो ।

त्यस्तै, अस्पतालमा शल्य चिकित्सा सम्बन्धी सम्पूर्ण सामग्रीको व्यवस्था, श्ययामा बेडसिट, शौचालय, धारा, झ्याल, पङ्खा मर्मतसम्भार, एसीको व्यवस्था, फोहोर व्यवस्थापन, अस्पतालभित्र पशुको प्रवेशमा रोक र सुरक्षा गार्डको समेत माग गरिएको छ ।

अस्पताल व्यवस्थित गर्नका लागि तिवारीको नेतृत्वमा एक टोलीले विभिन्न दबाबमूलक गतिविधि गर्दै यसअघि अल्टिमेटमसहितको मागपत्र अस्पताल प्रशासनलाई बुझाइसकेको तिवारीले जानकारी गराउनुभयो ।

यसैबीच, अञ्चल अस्पतालमा श्ययाको अभाव भएकाले अस्पतालमा तत्काल श्यया थप्नुपर्ने जोड दिनुभएको छ । सो अस्पतालमा आजभोलि उपचारका लागि आउने बिरामीले पनि श्ययाको अभावमा भुइँमै उपचार गराउन बाध्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको आकस्मिक कक्षमा २५ वटा शय्या रहेकाले अस्पतालमा उपचारका लागि दैनिक ५० देखि सयजना बिरामी आउने गरेकाले शय्याको अभावका कारण आजभोलि चिसोको समयमा भुइँमै उपचार गराउन बाध्य रहेको अस्पतालबाट थाहाभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्