Logo
|
Thursday 5th August 2021
E-paper Magazine

अध्यक्ष केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौँ, ९ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । बुधबार माइक्रोबस chitra-bd-kcचढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा पर्नुभएका उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिनुभयो । उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना हुुनुभएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा अमित थापको समूह उहाँको उपचारमा संलग्न छ । रासस

प्रतिक्रिया दिनुहोस्