Logo
|
Wednesday 27th September 2023
Logo

epaper

अध्यक्ष केसी घर फिर्ता



काठमाडौँ, ९ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आज साँझ अस्पतालबाट घर फर्कनुभएको छ ।chitra-bd-kc बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएर उपचार गराउनुभएका पूर्व उपप्रधानमन्त्री केसीको स्वास्थ्यमा प्रगति भएपछि चिकित्सकका सुझाव अनुसार साँझ घर फर्कनुभएको उहाँका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिनुभयो । नशारोग विशेषज्ञ डा अमित थापाको समूहले उहाँको उपचार गरेको थियो ।  यसअघि आज पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल अस्पताल पुगी नेता केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्