जनस्वास्थ्य सरोकार, १२ मंसिर । सरकारले आन्दोलनरत डाक्टर गोबिन्द केसीका माग पुरा गराउन बार्ता टोली गठन गरेसँगै नीजि
मेडिकल कलेज सञ्चालकहरुले आफूहरुलाई पनि वार्ता टोलीमा सामेल गर्न आग्रह गरेका छन् । डाक्टर गोविन्द केसी संग बार्ता गर्न टोलि गठन गर्दै गर्दा त्यसमा नीजि क्षेत्रको संम्लग्नता नभएको भन्दै सरकारको वार्ता टोलि गठन प्रतिनै नीजि मेडिकल कलेज एशोशिएसनले आपत्ति जनाएको हो । एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष प्राध्यापक डाक्टर सुरेश कनोडियाले आफुहरुको सम्लग्नता विना गठन गरिएको समिति नीजि क्षेत्रलाई मान्य नहुने भन्दै आपत्ति जनाउनुभयो । उहाँले नीजि क्षेत्रको अस्तित्व गिराउने किसिमले सरकारले वार्ता टोलि बनाएको भन्दै यस्ता कार्य नगर्न पनि सम्बन्धीत निकायलाई सचेत गराउनु भयो । नीजि क्षेत्रको अस्तित्व गिराउने किसिमले भएका बार्ता संवाद र त्यसबाट आएका निर्णयहरु प्रति एशोशिएसनको विरोध रहने डाक्टर कनोडियाको भनाइ रहेको छ । उहाँले सधै आफुहरु नीजि क्षेत्रको अस्तित्व सुरक्षित चाहने धारणा राख्नुभयो ।
सरकारले अनशनरत डा गोवन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिएपछि नीजि मेडिकल कलेजहरुको यस्तो धारणा आएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ