Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्यान्सरमुक्त भएको सुजाताको सन्देश



नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सर मुक्त भएको बताइकी छिन् । क्यान्सर उपचारsujata1 गरी स्वदेश फर्किएकी कोइरालाले आफ्नो फेसबुक सन्देशमा भनेकी छन्—‘ भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ ।’ आफ्ना शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गर्दै उनले भनेकी छन्— ‘चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु ।’ कोइरालाको पहिलो स्टेजको स्तन क्यान्सरको उपचारका क्रममा म्यासेक्टोमी गरिएको थियो । त्यसपश्चात् उनको ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो । उनले भनेकी छन्—‘ भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ । तर उनले दाहिने वा देब्रे कुन स्तनको म्यासेक्टोमी गरिएको हो भन्ने उल्लेख गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्