Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौंमा पर्यटक लक्षित हस्पिटल, गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्य मन्त्रीको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं, १३ फागुन । स्वास्थ्य मन्त्री गगनकुमार थापाले विदेशी पर्यटक लक्षित हस्पिटलमा महँगो लगानी मात्र
नभई सेवा र सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौंको सो¥ह«खुट्टेमा पर्यटक लक्षित २५ शैयाको ‘एरा हेल्थ सेन्टर’ को उद्घाटन गर्दै मन्त्री थापाले भन्नुभयो—‘नेपाल सरकारले तोकेको मापदण्ड पु¥याएर सञ्चालनमा आएको यस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’
सेन्टरले स्वदेशी तथा विदेशी बिरामीको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उद्धार, परामर्श एवं उपचार सेवा र सुविधाको भरपर्दो व्यवस्था मिलाएको छ । यस सेन्टरबाट स्वदेशी तथा विदेशी पर्यटकहरुले आवश्यक अनुसार मेडिकल इमर्जेन्सीजको लाभ लिनसक्छन् । सेन्टरका अध्यक्ष एवं मेडिकल डाइरेक्टर डाक्टर गिर्वाण राज तिमिल्सिनाले भन्नुभयो—‘हाम्रो अस्पताल नेपाल भरिकै एउटा उत्कृष्ट ट्राभलर सेन्टर हो । कुनै पनि विदेशी नेपाल आउँदाको समय बिरामी भएको बेला उपचार गर्न पाएनौं भन्ने गुनासो नहोस् भन्ने हाम्रो मिसन हो । भविष्यमा यसलाई एसियाकै उत्कृष्ठ ट्राभलर सेन्टर बनाउने उद्देश्यका साथ अघि बढेका छौं ।’
मुलुकमा विदेशीका लागि मात्र भनी खोलिएका अस्पताल नगन्य भएको अवस्थामा यस सेन्टरले पर्यटकहरुको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अस्पतालका निर्देशक भानु ढकालले बताउनुभयो । विदेशी पर्यटकहरुलाई कुनै न कुनै बेला स्वास्थ्य समस्या परेको बेला मुलुकमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा विदेशी पर्यटक लक्षित स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको त्यति पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्