Logo
|
Tuesday 26th September 2023
Logo

epaper

स्वास्थ्य चौकीका लागि जग्गादान



रामपुर (पाल्पा), १८ फागुन ।
साँखर आयुर्वेदिक स्वास्थ्य चौकीका लागि स्थानीयवासीले ६ रोपनी जग्गादान गरेका छन् । यहाँका स्थानीय बासिन्दा तेजप्रसाद तिवारी र गोविन्द तिवारीले तीन रोपनी चार आना, हुममायाँ कँडेलले एक रोपनी १२ आना र तुल्सीप्रसाद खनालले एक रोपनी गरी जम्मा ६ रोपनी जग्गादान गर्नुभएको छ ।

तेजप्रसाद तिवारी भन्नुहुन्छ, “जग्गा अभावमा स्वास्थ्य चौकी भवन निर्माण नहँदा स्थानीयवासीले स्वास्थ्य उपचारमा निकै समस्या झेल्नु परेको छ, सहज स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य चौकीको भवन निर्माणमा जग्गादान सहयोग गरेको हुँ ।”

यहाँ आयुर्वेदिक स्वास्थ्य चौकी निर्माण हुने भएपछि स्थानीयवासीले सहज र सुलभ सेवा पाउनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्