जनस्वास्थ्य सरोकार, ३० फागुन । अब आम बिरामीहरुले ललितपुरको सानेपास्थित स्टार हस्पिटलबाट केही दिनभित्रै विश्वस्तरीय
हस्पिटल सेवा सँगै अत्याधुनिक हस्पिटालिटी सुविधा प्राप्त गर्ने भएका छन् । ललितपुरको सानेपास्थित ५ रोपनी क्षेत्रफलमा बनाइएको ८२ हजार स्क्वाएर फिटको सुविधासम्पन्न अत्याधुनिक भवनबाट यो सुविधा प्राप्त हुने भएको हो । यसको सम्पूर्ण निर्माण कार्य सकिएको छ ।
स्टार हस्पिटलको ११ औं वार्षिकोत्सवका अवसरमा नयाँ भवनमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक देवकुमार न्यौपानेले भन्नुभयो—‘आम बिरामीहरुको सुविधालाई ध्यानमा राखेर एफोर्डेबल कष्टमा हस्पिटल सेवासँगै अत्याधुनिक हस्पिटालिटीको सुविधा दिने निर्णय गरेका छौं ।’ अस्पतालबाट सर्जरी गर्दा बिरामीलाई हुनसक्ने इन्फेक्सनबाट बचाउन ३ वटा मोडुलर ओटी, अत्याधुनिक आईसियू सेवा, ३२ स्लाइस सिटी स्क्यान सुविधा लगायत मल्टिसुपर स्पेशियालीटी सेवा प्राप्त गर्न सकिने अस्पतालका चिफ अपरेटिङ अफिसर (सिओओ) डा. सन्देश जि.सी.ले जानकारी गराउनुभयो । सो अवसरमा अस्पतालका अध्यक्ष इन्जिनियर वसन्त चन्द्र मरहठ्ठाले भन्नु्भयो—‘२०६३ सालबाट सेवा शुरु भएको हस्पिटलको १० वर्षे कार्ययोजनामा हामी सफल भएका छौं । यो सम्पूर्ण अस्पतालका कर्मठ कर्मचारीहरुको देन हो’
सो अवसरमा अस्पतालमा विगत १० वर्षदेखि सेवा गर्ने उत्तम कार्की, सरोज खनाल, कालुमान लामा, निर्मला गुरुङ, अर्चना सुवेदी, नवराज आचार्य, दिपक महर्जनलाई सम्मान गरिएको थियो । अस्पतालमा कार्यरत यस वर्षकी उत्कृष्ठ कर्मचारी सर्मिला न्यौपाने हुनुभयो । उहाँ
अस्पतालमा असिस्टेन्ट फार्मेसिस्टका रुपमा कार्यरत हुनुहुन्छ ।
करिब १ अर्ब भन्दा बढी लागतमा सञ्चालित यस अस्पतालमा २ सय ६५ जना शेयर होल्डर रहेका छन् भने १ हजार ५ सय कर्मचारीले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । हाल अस्पताल लिमिटेडका रुपमा सेवा दिन सफल छ ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ