जनस्वास्थ्य सरोकार, ७ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमबारबाट अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा
ल्याएको छ । सबै सरकारी अस्पतालमा अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने सर्वोच्च अदालतको फैसलापछि स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा धमाधम फार्मेसी सञ्चालनमा ल्याउन लागेको हो । यसअघि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह अस्पताल लगायतका केन्द्रीय अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याइसकेकाछन् । अस्पतालको फार्मेसीको उद्घाटन गर्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले अस्पतालको फार्मेसीमा सम्र्पूण औषधिहरु उपलब्ध हुने जानकारी दिनुभयो । सरकारले उपलब्ध गराएको ३० लाख सिडमनिबाट फार्मेसी सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिदै निर्देशक डा. खरेलले उपभोक्तालाई अन्य फार्मेसीभन्दा सहुलियत मुल्यमा औषधि उपलब्ध गराइने बताउनुभयो । अन्य बाहिरी फार्मेसीभन्दा १० देखि १५ प्रतिशत सस्तो औषधि उपलब्ध गराउन सकिने भन्दै उहाँले फार्मेसी २४ सै घण्टा सञ्चालनमा ल्याइने जानकारी पनि दिनुभयो । उहाँले तत्काललाई एकजना स्थायी तथा तीनजना करार सेवामा फर्मासिष्टहरुमार्फत फार्मेसी सञ्चालन गरिएको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ