जनस्वास्थ्य सरोकार । काठमाडौंको कलंकीमा अन्तराष्ट्रियस्तरको सुविधासम्पन्न अत्याधुनिक आँखा उपचार सेवा शुरु भएको छ । आँखा उपचारका लागि नविनतम प्रविधि भित्र्याएर दृष्टि आइ केयर सेन्टरले सो सुविधा प्रदान गर्न थालेको हो । वरिष्ठ नेत्र विशेषज्ञ डा रामप्रसाद पोखरेल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गर्नुभयो । केन्द्रले आँखाको शल्यक्रिया कक्षहरुलाई अन्तर्राष्ट्रियस्तरको भिनाइल फ्लोरिङ गरी हेपा फिल्टर राखी आँखाको शल्यक्रियापश्चात् हुनसक्ने संभावित संक्रमणको खतरा न्यूनिकरणको प्रयास थालेको उल्लेख गरेको छ ।
विशेषता
- मुलुकमा पहिलोपटक अमेरिकन भिटिएस वयर प्रविधिबाट अल्छी आँखाको उपचार
- बिना इन्जेक्सन मोतिविन्दुको शल्यक्रिया
- ड्ड पारदर्शी रुपमा आफ्नो रोग सम्बन्धि सम्पूर्ण जानकारी लिन सकिने र आँखाको शल्यक्रियाको भिडियो हेर्न सकिने
- निकट भविष्यमा रिफ्रेक्टीभ (ल्यासिक) सर्जरी सञ्चालन
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
