Logo
|
Friday 29th March 2024
Logo

epaper

डा. रुइतलाई अवार्ड



जनस्वास्थ्य सरोकार, २० जेठ । क्यानडास्थित अल्बर्ट आइस्टाइन फाउण्डेशनले नेपालका आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई अन्तराष्ट्रिय स्तरको अवार्ड गर्दैछ ।
थेउरी अफ रिलेक्टिभिटि शिर्षकमा हरेक एक सताब्दीमा दिइने उक्त अवार्ड नेपालका ख्याति प्राप्त आँखा रोग विशेषज्ञ डा.रुइतलाई प्रदान गरिएको हो । एक सय वर्षको अवसरमा अल्बर्ट आइस्टाइन फाउण्डेसनले १०० जना मानिसलाई नोमिनेट गर्दा डा. रुइत पर्नुभएको हो । आँखा स्वास्थ्यमा डा.रुइतलाई अन्र्तराष्ट्रिय स्तरमा समेत चिनिने गरिन्छ ।
विभिन्न विधाका मानिसहरुलाई उक्त अवार्ड प्रदान गर्ने गरिन्छ । विश्वव्यापी रुपमा मानिसहरु छनौट गरी फाउण्डेशनले अवार्ड प्रदान गर्ने गर्दछ । एकसयजना मध्ये ५० प्रतिशत मानिस नोबेल पुरस्कार पाएका व्यक्तिहरुलाई मात्र फाउण्डेसनले छनौट गरेको छ ।
संसारमा कुनै आफ्नो फिल्डमा उत्कृष्ट काम देखाएर त्यहि कामको आधारमा विश्वव्यापी रुपमा छनौट गर्ने गरिन्छ । डा. रुइतले आफूले सोच्दै नसोचेको अवार्ड प्राप्त गर्न सफल भएकोमा धेरै खुसी लागेको बताउनुभयो । मैले नोमिनेटको लागि पठाएको पनि होइन, डा. रुइतले भन्नुभयो,“यो अवार्ड नेपालका लागि धेरै ठूलो हो ।”

प्रतिक्रिया दिनुहोस्