डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाले ज्यान गुमाएका छन् ।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाले ज्यान गुमाउन परेको हो भने त्यस्तै सयाँै सर्वसाधारण टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले थलिएका छन् ।
भाइरल ज्वरोकै कारणले मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको हो ।
तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरुभइकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा श्रीकान्त अग्रवालले जानकारी दिनुभयो ।
“जिल्लाबाट खटिएका स्वास्थ्यकर्मीले घरमै पुगेर जाँचसँगै औषधिसमेत वितरण गरेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोको प्रकोप फैलिए पनि आत्तिनुपर्ने अवस्था छैन् डा अग्रवालले बताउनुभयो ।
अहिले तल्लो डोल्पाका गाउँको अवस्था सामान्य बन्दै गइरहेको उहाँले बताउनुभयो ।डा अग्रवालले सङ्क्रमित बिरामीलाई उमालेको पानी पिउन, न्यानो कपडाको प्रयोग गर्न तथा प्रकोप फैलन नदिन सङ्क्रमित व्यक्तिले मास्क प्रयोग गर्नसमेत सुझाव दिनुभयो । रासस
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
