चन्दननाथ नगरपालिका जुम्लामा औपचारिक कार्यक्रम गरी स्वास्थ्य बिमाको सदस्यता दर्ता प्रारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ सांसद डिल्लीप्रसाद काफ्लेले गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद काफ्लेले जनताको आधारभूत स्वास्थ्यका लागि निःशुल्क हुने संविधानमा व्यवस्था गरेअनुसार सरकारले यो कार्यक्रमको सुरुवात गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कर्णालीवासीका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै लाभदायी हुने औँल्याउनुभयो । वरिष्ठ जनस्वास्थ्य अधिकृत अङ्गतबहादुर शाहीले आफूले मात्र नभई छरछिमेकलाई पनि बिमा गराउन सल्लाह दिनुभयो ।
स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले पटक पटक यहाँका बिरामीलाई रु १० हजार दिएर उपचारका लागि सिफारिस गर्नुपरेको बताउनुभयो ।
दर्ता शुभारम्भमा चन्दननाथ नगरपालिका २, ४ र ५ का वडाध्यक्षले स्वास्थ्य बिमाको सदस्य दर्ता गरेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका सम्पर्क व्यक्ति नवराज श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार जुम्लाका ६० वडामा नै सदस्यता दर्ता सुरु गरिएको छ । विकास समितिका तालिम संयोजक माधवराज विष्टले अछाम बैतडी, कैलाली, बागलुङ, म्याग्दी, पाल्पा, इलाम र जुम्लामा यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
त्यसैगरी उहाँले अति गरिबलाई शतप्रतिशत, गरिबलाई ७५, सीमान्तकृतलाई ५० र स्वयंसेविकालाई रु २५० छुट दिएको बताउनुभयो । उहाँका अनुसार चितवन तनहुँ, भक्तपुर र जुम्लामा बिहीबार दर्ता सुरु भएको छ भने जाजरकोट, मकवानपुर र गोर्खामा असार १५ यो कार्य सुरु हुनेछ । रासस
प्रकाशित मिति: बिहीबार, असार १, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
