Logo
|
Saturday 20th April 2024
Logo

epaper

सञ्चालन भयो सेल सेप्रेसन उपकरण



बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ ।चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व रक्तदाता दिवसको अवसर पारेर बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार आरबिसी, डब्लुबिसी, प्लेटलेट्सलगायत अन्य आवश्यक रक्तकोषमात्र शरीरबाट झिक्ने काम यो उपकरणले गर्दछ । यसको अभावमा अहिले मानिसको शरीरको सबै कोषिका भएको रगत झिक्ने गरिएको छ । आचार्यका अनुसार यसका कारण आवश्यक कोष पु¥याउन धेरै रगत खर्चनुपरेको छ । यो समस्याको समाधान यस उपकरणले गर्नेछ । उहाँका अनुसार यो नेपालमा नै सबैभन्दा उच्चस्तरको अत्याधुनिक प्रविधिको उपकरण हो ।

अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेका अनुसार क्यान्सर लागेका बिरामीमा प्लेटलेट्सको मात्र कम हुन्छ, जसले गर्दा रक्तस्रावको खतरा बढी हुने गर्दछ । क्यान्सर अस्पतालमा २०५६ सालमा सेल सेप्रेसन गर्ने सानो उपकरण भए पनि २०६२ सालमा बिग्रिएपछि हालसम्म यो उपकरण थिएन । करिब रु एक करोड पर्ने यो उपकरण जर्मन कम्पनीको हो । क्यान्सरका बिरामीलाई धेरै रगत आवश्यक पर्ने गर्दछ ।

जिल्लाको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा वार्षिकरुपमा करिब ३५ हजार युनिट रगत सङ्कलन हुने गर्दछ । त्यसको आधा रगत क्यान्सर अस्पतालका बिरामीका लागि चढाइँदै आइएको छ । क्यान्सर अस्पतालमा युनिट नै खोलेर बिरामीलाई सेवा दिने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्