आर्थिक अभावले उपचारमा समस्या झेलिरहनुभएकी बागलुङ नगरपालिका–७ की धनमायाँ विकलाई आर्थिक सहयोग प्राप्त भएको छ ।रक्त क्यान्सरबाट ग्रस्त विकलाई बागलुङबाट दक्षिण कोरिया पुगेका केही व्यक्तिले उठाएको रु १५ हजार आइतबार प्रदान गरिएको हो । सहयोग जुटाउन पहल लिनुभएका सज्जनकुमारसिंह र पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सो रकम हस्तान्तरण गर्नुभयो ।
सहयोग रकम बुझ्दै विकका श्रीमान् हिमलाल विकले उपचारमा रकम अपुग भएकाले सहयोगको याचना गरेको बताउनुभयो । अन्य मुलुकमा रहेका नेपालीबाट पनि सहयोग प्राप्त भएको उहाँको भनाइ छ ।
“कतिपय ठाउँबाट प्रतिबद्धता आए पनि रकम आएको छैन” विकले भन्नुभयो – “हाम्रो दुःखमा साथ दिने सबैलाई धन्यवाद छ ।” गत वर्षदेखि रक्त क्यान्सरले थलिनुभएकी विक अहिले काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा रु २० लाखभन्दा बढी खर्च लाग्ने चिकित्सकले बताएको विकका आफन्त रमेश सेञ्चुरीले बताउनुभयो ।
ऋणधन र प्राप्त केही सहयोगबाट हालसम्म रु १५ लाखभन्दा बढी रकम उपचारमा खर्च भइसकेको जनाइएको छ । नियमित उपचारको खर्च र पहिले लागेको ऋण कसरी तिर्ने भन्ने पिरलोमा विक परिवार छ ।
विक दम्पतीका चार छोरीमध्ये कान्छी छोरी पूर्णिमा विकलाई पनि मिर्गौलामा समस्या देखिएपछि उपचारमा समस्या भएको छ । आमा बिरामी परेर उपचारमा गएपछि सात वर्षीय छोरा प्रतीक घरमै दिदीहरूको सहारामा हुर्किरहेका छन् । रासस
प्रकाशित मिति: आइतबार, असार ४, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
