Logo
|
Saturday 22nd March 2025
Logo

epaper

पत्रकारको उपचारमा गण्डकी मेडिकल कलेजमा विशेष छुट



गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।

पत्रकार महासङ्घको परिचयपत्रका आधारमा प्रदान गरिने सो सेवाअन्तर्गत जनरल बेडमा निःशुल्क, क्याबिन र ओपिडी तथा इमर्जेन्सी टिकटमा ५०, ल्याब परीक्षणमा २५, युएसजी एक्स–रे, ओटी चार्जमा २० एवम् एमआरआई, फार्मेसी, दाँतको उपचार र इसिजी सेवामा पाँच प्रतिशत सहुलियत दिने भएको हो ।

नेपाल पत्रकार महासङ्घ काँस्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरुको उपचारमा सम्झौता कोसेढुङ्गासावित हुने बताउँदै कास्कीमा सम्झौता भए पनि मुलुकभरिका पत्रकार महासङ्घका सदस्यले तोकिएको सुविधा प्राप्त गर्ने जानकारी दिनुभयो ।

गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले एक वर्षका लागि सम्झौता गरिएको जानकारी दिँदै आगामी दिनमा समेत पत्रकार र परिवारका लागिसमेत थप सुविधा प्रदान गर्ने बताउनुभयो ।

उहाँका अनुसार ३०० शय्याबाट सेवा सुरु गरेको गण्डकी मेडिकल कलेजमा हाल ५५० शय्याबाट स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्