नियमविपरीत सञ्चालित कीर्तिपुरका चार औषधि पसलमा आज सिलबन्दी गरिएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको र म्याद नाघेका औषधि बिक्री वितरण गरेको पाएपछि ती पसलमा सिलबन्दी गरेको हो ।
सिलबन्दी गरिएका पसलहरुमा उग्रतारा–गुनिक पोलिक्लिनिक एन्ड डायग्नोसिष्ट सेन्टर, ओरल डेन्टल प्रालि, नवीन फर्मा र रिना मेडिकल हल कीर्तिपुर रहेका छन् । सिलबन्दी गरिएका ती चारवटै पसललाई दिएको निर्देशन पालना गरी तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेल, मोहन पुडासैनी र विष्णुप्रसाद सुवेदीसहितको तीन टोलीले आज माछामासु, औषधि र यातायात क्षेत्रको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा त्रिपुरेश्वरमा १९ वटा सार्वजनिक यातायातका साधनलाई कारबाही गरी लिएको बढी भाडा यात्रुलाई नै फिर्ता गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी जोरपाटी, कमलबारी र तीनचुलीका आठ वटा माछामासु पसललाई सरसफाइ र प्यान दर्ता गर्न निर्देशन दिई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी गत जेठ २३ गतेदेखि विभागले बजारमा विशेष अनुगमन सुरु गरिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
