Logo
|
Thursday 18th April 2024
Logo

epaper

क्याल्शियमको शक्ति,  ३० वर्षपछि  रहनुस् फिट 



खासगरी ३० वर्षको उमेरपछि महिलाको शरीरमा धेरै क्याल्शियमको आवश्यकता पर्छ । तर कतिपयले यसप्रति ख्याल गर्दैनन् । खानपानमा ध्यान नदिँदा शरीरमा आवश्यक पर्ने क्याल्सियम प्राप्त हुन सक्दैन । यसबाट हड्डी सम्बन्धी विभिन्न समस्या हुनसक्ने सम्भावना रहन्छ । बिहान उठ्नेबित्तिकै सिधै भान्सामा गएर चिया, खाना बनाउने, बच्चालाई टिफिन तयार गर्ने, सरसफाइ जस्ता घरायसी कामले धेरै महिलाहरुले आफ्नो स्वास्थ्यप्रति ध्यान दिँदैनन् । प्रायः धेरै कामकाजी महिलाहरुको यस्तै दिनचर्या हुन्छ । खानपानमा खासै ध्यान दिदैनन् । बढ्दो उमेरको असरबाट हड्डी जोगाउन र बलियो हड्डीका लागि क्याल्सियम प्राप्त हुने खाद्यान्नको महत्वपूर्ण भूमिका रहन्छ
क्याल्सियमको कमीको लक्षण
तपाईंको शरीरमा निम्न लक्षण देखिएमा क्याल्सियमको कमी भएको पनि हुनसक्छ ।
मांसपेशी दुख्ने
शरीरमा क्याल्सियमको कमीका कारण राती सुतेको समयमा गोडाको मांसपेशी दुख्नसक्छ । यस्तो अवस्थामा सम्बन्धित डाक्टरको सल्लाहमा जाँच गर्नुपर्छ ।
सुख्खा छाला
जाडो मौसममा छाला सुख्खा हुने साधारण समस्या हो । त्यसपछि पनि छाला सुख्खा हुने समस्या नरोकिएमा शरीरमा क्याल्सियमको कमी भएको शंका गर्नुपर्छ ।
नङ भाँचिने
बलियो नङ देख्दा पनि सुन्दर लाग्छ । यसले शरीरमा पर्याप्त क्याल्सियम छ भन्ने संकेत दिन्छ । तर क्याल्सियमको कमी भएमा नङ आफैँ भाँचिन शुरु हुन थाल्छ ।
पहेँलो दाँत
दिनहुँ ब्रस गर्दा पनि आफ्नो दाँतको चमक फिका लागेमा सतर्क रहनुहोला । शरीरमा क्याल्सियमको कमी देखाउने संकेत पहेँलो दाँत पनि एक हो ।
महिनावारी समस्या
महिनावारी हुनभन्दा पहिला धेरै गा¥ह«ो हुन थालेमा शरीरमा क्याल्सियमको आवश्यकता भएको बुझ्नुपर्छ ।
पर्याप्त क्याल्सियम पाइने आहार
घरका सबै जिम्मेदारी निभाउन सबै महिला अघि सर्छन् । तर जब आफ्नो स्वास्थ्यको कुरा आउँदछ यसलाई टारिदिन्छन् । यहाँ तपाईका लागि क्याल्सियम पाइने खानाका बारे जानकारी गराउन खोजिएको छ ।
(क्याल्शियम सप्लीमेन्ट)
यदि पर्याप्त क्याल्शियम पाइने खाना खाँदा पनि शरीरलाई क्याल्शियम पुगेन भने क्याल्शियम सप्लिमेन्ट लिन सक्नुहुन्छ । डाक्टरको सल्लाह बमोजिम क्याल्शियम सप्लिमेन्ट लिन जरुरी हुन्छ ।
दूध
दैनिक नास्तामा दिनहुँ एक गिलास दूध पिउन जरुरी हुन्छ । दूधमा फलफूल मिलाएर खान पनि सकिन्छ ।
दही
दिउँसोको खानामा एक कचौरा दही खान शुरु गर्नुपर्छ । यदि लञ्च खान मन नपरेमा एक कचौरा दहीमा केही फलफूल मिसाएर खान सकिन्छ । यसले दहीको स्वाद पनि बढ्दछ र शरीरलाई क्याल्शिय पनि मिल्दछ ।
चीज
आफूलाई चीज स्लाइस मन परेमा बेलुका स्नेक्सका रुपमा सैन्डवीचमा चीज स्लाइस राखेर खान सकिन्छ । यसले शरीरमा क्याल्शियमको कमी धेरै हद सम्म पूरा गर्छ ।
हरिया सागसब्जी
हरिया सागसब्जीमा क्याल्शियमको मात्रा धेरै पाइन्छ । पालकको साग, मेथीको साग, सोया, रायोको साग, मूलाको साग, बन्दागोभी आदिलाई दैनिक खानामा समावेस गर्नुपर्छ ।
फलफूल
सुन्तला, खजूर, मौसम, कीबी, सुकेको अंजीर जस्ता फलफूलमा क्याल्शियमको मात्रा धेरै पाइन्छ । दिनहुँ नियमित यस्ता फलफूल खाने गर्नाले शरीरमा क्याल्शियमको कमी हुन पाउँदैन ।
हब्र्स र मसला
शरीरमा क्याल्शियमको कमी पूरा गर्न हब्र्स र मसलाको सेवले महत्वपूर्ण भूमिका खेल्छ । तुलसी, पुदीना, ज्वानो, लहसुन, दालचीनी आदिमा धेरै मात्रामा क्याल्शियम तत्व पाइन्छ । तुलसीको चिया, पुदीनाको अचार र तरकारीमा उल्लेखित मसलाको प्रयोग गरेर हामी क्याल्शियमको कमी हटाउन सक्दछौ ।
कुन कुन रोग हुन सक्छ ?
क्याल्शियमको कमीले निम्न रोग हुन सक्दछ ।

  •  रिकेट्स
  •  आस्टियोमलेशिया
  • आस्टियोपोरोसिस
  •  कलेजोसँग जोडिएका रोग
  •  मिर्गौलासँग जोडिएका रोग आदि ।
  • सनबाथ हो बेस्ट
    शरीरमा क्याल्शियमको कमी हुन नदिन र हड्डी बलियो बनाइराख्न सबैभन्दा सजिलो तरिका दिनहुँ घाम ताप्नु नै हो । जाडो मौसममा हड्डी सम्बन्धि रोग बढ्छ । यो मौसममा घाममा दिनहुँ बस्दा फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्