Logo
|
Thursday 18th April 2024
Logo

epaper

भिक्षु अश्वघोषको स्वास्थ्यलाभको कामना



अखिल नेपाल भिक्षु महासङ्घले भिक्षु अश्वघोषको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बौद्ध साहित्यको विकासमा योगदान गर्नुभएका भिक्षु अश्वघोष अस्वस्थ्य भई बनेपास्थित ध्यानकुटी विहारमा आराम गर्दै आउनुभएको छ ।
महासङ्घका अध्यक्ष भिक्षु मैत्रीको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डलले शनिबार उहाँको अवस्था बुझेको थियो । महासङ्घका पूर्वअध्यक्ष अश्वघोष तत्कालीन राष्ट्रिय सभामा नेकपा ९एमाले० का तर्फबाट सदस्य भई मुलुकमा धर्मनिरपेक्षताको खाँचो रहेको बहस चलाउनुभएको थियो ।
अध्यक्ष भिक्षु मैत्रीले भिक्षु अश्वघोष उमेर बढ्दै गएका कारण अस्वस्थ्य हुनुभएको जानकारी दिँदै बौद्ध उपदेशलाई फैलाउन उहाँले गरेका प्रयासको सराहना गर्नुभयो । उहाँले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि कायम गर्न भिक्षुहरु एकताबद्ध हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा लुम्बिनीमा तीन वर्षदेखि निर्माणाधीन थेरवादी विहारलाई चाँडो बनाइने जानकारी दिनुभयो ।
बौद्ध साहित्य तथा दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी र पोखरामा पनि महासङ्घको शाखा स्थापना गर्न लागिएको चारुमती बुद्धविहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । मुलुकका विभिन्न स्थानमा थेरवादी बौद्ध शिक्षाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सो महासङ्घले परियत्ती शिक्षा सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्