श्रीलङ्कामा सरकारी अस्पतालमा कार्यरत चिकित्सवकद्वारा गरिएको तीनदिने हडतालको शनिबार अन्त्य भएको छ । चिकित्सकको छाता सङ्गठन ‘गमरन्मेन्ट मेडिकल अफिसर्स एसोसिएसन’ –जिएमओए० ले बिहीबारदेखि सन् २००८ मा स्थापना गरिएका निजी मेडिकल कलेज मापदण्ड विपरीत स्थापना भएको भन्दै तिनीहरुको खारेजीको मागसहित आन्दोलनको घोषणा गरेको थियो ।
आन्दोलनका कारण प्रायः निम्न आम्दानी भएका र स्वास्थ्य सेवाका लागि सरकारी अस्पताल पुग्नुपर्ने बाध्यता भएका लाखौँ सेवाग्राही प्रभावित भएका बताइएको छ । शनिबार राष्ट्रपति मैत्रिपाला सिरिसेनासँग चिकित्सकले गरेको सम्झौतापछि सेवा सञ्चालनमा आएको हो । राष्ट्रपति सिरिसेनाले स्वास्थ्य शिक्षामा देखिएका समस्या सधारका लागि आफूले पहल गर्न सहमत भएपछि आन्दोलन स्थगित भएको जिएमओएका प्रवक्ता समान्थ आनन्दले बताउनुभयो । आन्दोलनका समय निजी अस्पतालले भने सेवाप्रवाह गरिरहेका थिए । रासस/एएफपी
प्रकाशित मिति: आइतबार, असार ११, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
