Logo
|
Saturday 20th April 2024
Logo

epaper

दुई मेडिकल कलेजले सरकारको निर्देशन टेरेनन्



मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न सरकारले दिएको निर्देशनलाई मेडिकल  कलेजहरुले अवज्ञा गरेको छ । मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले दिएको निर्देशनलाई भैरहवास्थित युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले बेवास्ता गरेका हुन् ।

असार २२ गते प्रधानमन्त्रीको कार्यालयले युर्निभर्सल कलेज तथा  नेशनल मेडिकल कलेजलाई सात दिन भित्रमा योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न निर्देशन दिएको थियो । सरकारले, निर्देशन कार्यान्वयन नभएको खण्डमा भने कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी समेत दिएको थियो ।

सरकारको चेतावनी बीच पनि दुवै मेडिकल कलेजले मेरिट लिस्टमा रहेका विद्यार्थीहरुलाई भर्ना गर्न भने अटेर गरेका छन् । यसैबीच युर्निभर्सल कलेजले चिकित्सा शास्त्र अन्तर्गतको विशेषज्ञ तह (पीजी) तर्फ भर्ना हुन पुगेका विद्यार्थीहरुलाई थप १६ लाख बुझाउन आग्रह गरेको छ ।
यसैबीच दुवै कलेजले भर्ना प्रति भने कुनै चासो नदेखाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्