Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अनसन बस्दै डा. केसी 



आफनो माग पुरा नभएको भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा गोविन्द केसी पुन एकपटक आमरण अनसन बस्नु भएको छ । । आज एक विज्ञप्ति जारी गदै डा.  केसीले साउन ९ देखि आवरण अनसन सुरु गर्ने  बताउनु भएको छ ।

आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न पटक पटक दिएको अल्टिमेटम सरकारले पूरा नगरेको भन्दै डा. केसीले अनसन बस्ने घोषणा गर्नुृ भएको हो ।

साउन ९ गते बेलुका ४ बजे अनसन सुरू गर्न लाग्नु भएका  डा. केसीले तत्काल माथेमा प्रतिवेदन अनुरुप आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरिनुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने माग राख्नु भएको छ ।

त्यस्तै  डा. केसीले आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरिनुपर्ने र सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरिनुपर्ने , एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख रुपैयाँ कायम गरिनुपर्ने लगायतका माग अघि  सार्नुृ भएको छ ।

प्रतिक्रिया दिनुहोस्