Logo
|
Friday 29th March 2024
Logo

epaper

उपचारकै क्रममा बढुवा



विगत एक वर्षदेखि बिरामी रहेका नेपाल प्रहरीका डिआइजी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ । डिआइजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो । श्रेष्ठको बढुवा प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए ।

आफ्नो ब्याचमा तेस्रो नम्बरमा रहेका एसएसपी श्रेष्ठ बिरामी भएकै कारण बढुवामा छुटेका थिए । गत ३१ असारमा बढुवा समितिले १५ जना एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गर्दा उनको नाम छुटाएको थियो । बिरामी भएकै कारण बढुवाबाट वञ्चित गरिएको भन्दै विरोध भएको थियो ।

१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुका धड्कन बन्द हु“दा त्यसको असर उनको मस्तिष्कमा परेको छ । उनको अहिले पनि उपचार भइरहेको छ । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन् । प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा पाइप जोडेर खुवाउने गरिएको छ ।
स्रोतः नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्