स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा भण्डारी नियुक्त
स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा चुडामणि भण्डारीलाई नियुक्त गरिएको छ ।
साउन २३ गतेबाट लागू हुने गरी स्वास्थ्य मन्त्रीस्तरीय निर्णय अनुसार भण्डारीलाई विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको हो ।
यसअघि कुष्ठरोग महाशाखामा निर्देशकमा रहेका भण्डारीलाई महाशाखा निर्देशकको जिम्मेवारी पनि सम्हाल्ने गरी विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको हो ।
भण्डारीले यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पदमा रही काम गरिसकेका छन् ।