काठमाडौँमा शाकाहारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेपाल शाकाहारी संघको आयोजनामा यही भदौ २३ देखि २५ गते सम्मेलन चल्ने बताइएको छ । यो स्तरको शाकाहारी सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो । नेपाल शाकाहारी संघका अध्यक्ष हरिकुमार सिलवालका अनुसार उक्त सम्मेलनसँगै शाकाहारी खाना महोत्सवको समेत आयोजना हुनेछ ।
सम्मेलन एसिया प्यासिफिक भेजेटेरियन कंग्रेसको आठौँ संस्करण हो । सम्मेलनमा करिब ३०० जना राष्ट्रिय प्रतिनिधि, १५० अन्तर्राष्ट्रिय प्रतिनिधि र १० हजारको सहभागिता रहने अनुमान रहेको सिलवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मभूमि र शिवजीको तपोभूमिसमेतमा शाकाहारबारे यत्रो सम्मेलन हुनु हाम्रा लागि गौरवको विषय हो ।”
कार्यक्रममा डाक्टरहरूद्वारा स्वास्थ्य परामर्श, विद्यार्थीहरूबीच दया, करुणा र प्राणी अधिकार विषयमा पोष्टर, कविता तथा वकृत्वकला प्रतियोगिता, शाकाहारी स्वस्थकर परिकारहरूको पाककला प्रदर्शनीलगायतका विविध सांस्कृतिक कार्यक्रमहरू हुने बताइएको छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ ११, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बीउको तेल सेवनले स्तन क्यान्सरको जोखिम बढाउन सक्छः अध्ययन
आइतबार, भदौ १५, २०८२
टुसा उम्रेका आलु, प्याज र लसुन खाने कि फाल्ने ? वैज्ञानिकको सुझाव यस्ता छन्
सोमबार, जेठ २६, २०८२ट्रेन्डिङ
