Logo
|
Thursday 18th April 2024
Logo

epaper

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी बैज्ञानिकलाई



सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

मानिसको शरीरले पनि बिहान घाम उदाउँदा, दिउसो र साँझ अथवा घाम अस्ताउँदा के कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा उनीहरुको अनुसन्धान केन्द्रित रहेको थियो ।

तीन जना अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार बिजेताका रुपमा घोषणा गरिएको उक्त समितिले सोमबार जनाएको छ ।

वैज्ञानिकहरू जेफरी सि.हल, माइकल रोजब्यास र माइकल डब्ल्यु.याङ्ले ‘सकार्डियन रिदम’ बारे गहन अनुसन्धान गरेका थिए । उनीहरुको यो संयुक्त अनुसन्धानका लागि यस पुरस्कार पनि संयुक्त रुपमा दिइएको छ ।

‘सकार्डियन रिदम’ भनेको मानव शरीरले कामगर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो । यसबाट मानव स्वास्थ्यमा सुधार र यस विषयमा आगामी दिनमा गरिने अनुसन्धानका लागि ठूलो योगदान दिने नोबेल पुरस्कार समितिले जनाएको छ ।

उनीहरुको अनुसन्धानअनुसार मानव शरीरले समयअनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्ने गर्दछ । यसैका कारण राति मानिसलाई निद्रा लाग्छ भने बिहानीको समयको पनि शरीरको घडीले नै जानकारी दिन्छ र निद्राले छोड्छ ।

यस बायोलोजिकल क्लकले मानिसको मनको भाव (मुड), तापक्रम र विभिन्न हर्मोनहरुको अवस्थाको बारेमा पनि निर्धारण गर्ने गर्छ ।

पुरस्कार छनोटसम्बन्धी नोबेल समितिका सदस्य जुलिन जिराथले सोमबार स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो— यस चिकित्साशास्त्रतर्फको यस बर्षको यो अनुसन्धान महत्वपूर्ण हो यस अनुसन्धान र ती बैज्ञानिकहरु नोबेल पुरस्कार प्राप्त गर्न योग्य छन् ।

यस अनुसन्धानबाट मानिस निकै टाढाको यात्रामा रहेका बेला पनि एक महादेशदेखि अर्काे महादेशमा जादा समयमा पर्ने फरक र परिवर्तित समयका कारण शरीरले थाहा पाउने चाललाई यसले सहज बनाउने छ ।

त्यस्तै जहाजको लामो यात्राका क्रममा पनि शरीरलाई ‘जेट ल्याग’ हुने जस्ता शारीरिक प्रतिक्रियाको मापनमा पनि यो अनुसन्धानले सहयोग गर्ने र यसले मानवको स्वास्थ्य समृद्धिमा सहयोगी सिद्ध हुने पनि जिराथले जानकारी दिनुभयो ।

यो शारीरिक चाल मानिसमा मात्र नभएर बोटबिरुवा, प्राणी तथा अन्य जैविक वस्तुहरुमा पनि देखिने गरेको उनीहरुको अनुसन्धानबाट पत्ता लागेको उल्लेख छ ।

यो पुरस्कारको राशी ११ लाख अमेरिकी डलर छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्