Logo
|
Friday 19th April 2024
Logo

epaper

राष्ट्रिय झाडापखाला र पोलियो विरुद्धको खोप ल्याउन अझै समय लाग्ने



झाडापखाला विरुद्धको रोटा भाइरस र पोलियो विरुद्धको एफ।आई।पी।भी खोप नेपाल ल्याउन अझै केही समय लाग्ने भएको छ । यसअघि आगामी मंसिरसम्ममा ती खोप ल्याइने बताएपनि मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत कारणले ढिलाई हुन गएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

केही दिनमै यसबारे छलफल गरी प्रक्रिया शुरु गरिने विभागका एक अधिकारीले बताए । नेपालको स्वास्थ्य क्षेत्रमा हालसम्म प्रयोगमा नआएको रोटा भाइरस र एफ।आई।पी।भी खोप आगामी मंसिरसम्ममा प्रयोगमा ल्याउने सरकारले तयारी गरेको थियो । यसअघि आई।पी।भी खोप नेपालमा प्रयोगमा रहेपनि अभाव भएपछि सरकारले पोलियो थोपा खुवाउन थालेको थियो ।

सरकारले ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड एमिनाइजेसन ९ गाभी ० को सहयोगमा दुवै खोप सुरु गर्न लागेको विभागले जनाएको छ । सन् २०१६ मै झाडापखाला विरुद्धको रोटा भाइरस खोप ल्याउने तयारी भएपनि व्यवस्थापकीय कमजोरीका कारण ढिलाई भएको विभागले जनाएको छ ।

यसका साथै आगामी ३ वर्ष भित्र टाइफाइड, कलेरा लगायत अन्य रोग विरुद्धका खोप ल्याउने विभागले तयारी गरेको छ । विभागको तथ्याङ्क अनुसार, मुलुकभर ८७ प्रतिशत बालबालिकाले मात्र सबै प्रकारको खोप प्रयोग गरेको पाइएको छ । ३ प्रतिशत बालबालिका पूर्ण रुपमा वञ्चित छन् भने १० प्रतिशत बालबालिकामा खोपको मात्रा पुरा भएको छैन । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्