Logo
|
Saturday 24th July 2021
E-paper Magazine

हुम्ला जिल्लामा शिविर सम्पन्न



कर्णाली आँखा जाँच तथा शल्यक्रिया शिविर कात्तिक ८ गतेदेखि १२ गते सम्म सम्पन्न भएको छ । नेपाल नेत्रज्याति संघ र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा कार्यक्रम भएको थियो ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक, औषधि तथा आर्थिक सहयोग भएको थियो । उक्त शिविरमा ४६ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया भएको थियो ।

पोखराका डा हरिविक्रम अधिकारीको टोलीले जिल्लाका ६५० जनाको आँखा जाँच तथा औषधि चश्मासमेत निशुल्क वितरण गरेको डा सुमनशम्शेर थापाले जानकारी दिनुभयो । शिविरमा तीन हजार ६२० जनाले सेवा पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्