Logo
|
Friday 19th April 2024
Logo

epaper

अस्पताल सञ्चालन गर्न माग



करिब दुई दशकअघिदेखि बन्द मिसन अस्पताल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ हुवासमा रहेको अस्पताल अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको अस्पताल सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
विसं २०५० मा स्थापित १५ श्ययाको उक्त अस्पताल सञ्चालनमा कसैले चासो नदिएको गाउँलेले बताएका छन् । माओवादी जनयुद्धताका २०५८ सालदेखि अस्पताल बन्द भएको हो ।
स्थापना भएको सात वर्षसम्म सञ्चालनमा आएको अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । अस्पतालबाट पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका दुई दर्जन बढी गाविसका एक लाख ५० हजार सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा ‘एड भान्टिस्ट फन्ट मिसर’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानी गरेर निर्माण गरेको उक्त अस्पतालका भवन र फर्निचर अहिले बेवारिसे बनेका छन् ।

अस्पताल भवन र आवास गृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित रहेको उक्त अस्पतालका पूर्व रजिष्ट्रार गंगा न्यौपानेले बताउनुभयो । “द्वन्द्वकालमा माओवादीको डरले गर्दा अमेरिकन सरकारले आफ्ना सबै चिकित्सकलाई फिर्ता बोलायो”, उहाँले भन्नुभयो, “अमेरिकन चिकित्सक फिर्ता गएपछि त अस्पताल नै बन्द भयो ।”

अस्पताल सञ्चालनमा सरकारले चासो नदिँदा आफूहरु समस्यामा परेको स्थानीयवासी समाजसेवी लालबहादुर प्रधानले बताउनुभयो । पाल्पाको मिसन अस्पतालको अवधारणानुसार निर्मित सो अस्पताल बन्द भएपछि सर्वसाधारण उपचारका लागि कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा जान बाध्य भएका छन् । सबै किसिमका बिरामीको जा““च गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।

हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका भए पनि उक्त स्थानमा सुविधासम्पन्न स्वास्थ्यचौकी स्थापना भएका छैनन् । यहा““ उपस्वास्थ्य चौकी मात्र छ । “अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह ग¥यौंँ”, स्थानीयवासी मित्रलाल बस्यालले भन्नुभयो, “सञ्चालनमा कसैले चासो दिएनन् ।” अस्पातललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरुले महँंगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटेर जाने बस्यालले बताउनुभयो ।

महँंगो रकम खर्च गरेर निर्माण गरिएका सबै भवन जीर्ण बनेर भत्किन लाग्दा समेत पुनःनिर्माण र सञ्चालनमा कसैको ध्यान पुगेको छैन । गाउ“लेले आफूहरुले स्थानीय प्रशासन र राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदिएको बताएका छन् ।

पछिल्लो समय हुवासमै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडक सुविधाको राम्रो पहुँच पुगेकाले सुविधासम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्