Logo
|
Thursday 25th April 2024
Logo

epaper

अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस २०१७ मा प्रभातफेरि ((फोटोफिचर सहित)



अन्तराष्ट्रिय प्याथोलोजी दिवस २०१७ को उपलक्ष्यमा राजधानी र धरानमा छुट्टाछुट्टै प्रभातफेरि निकालिएको छ । प्याथोलोजिष्ट चिकित्सकहरुको एक मात्र छाता संगठन नेपाल क्लिनिकल प्याथोलोजी संघले काठमाण्डौमा र धरानमा प्रभातफेरी निकालेका हुन् ।
काठमाण्डौमा भद्रकालीबाट आज बिहान निकालिएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, रानीपोखरी, दरवारमार्ग, घण्टाघर हुदै भद्रकाली आइपुगेको थियो ।
धरानमा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्याथोलोजिष्ट चिकित्सक लगायत रेक्टर र रजिष्टारको समेत सहभागिता रहेको प्रभातफेरि भानु चोकबाट वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आइपुगेको थियो ।
प्याथोलोजी र प्याथोलोजिष्टहरुको सेवालाई पहिचान दिलाउन र यसको आवश्यकता र महत्वको पैरवी गर्न द रोयल कलेज अफ प्याथोलोजिष्टस्को आह्वानका विश्वभर अक्टोवर १५ मा अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस मनाउने गरिन्छ । प्याथोलोजीको महत्वबारे चेतना फैलाउन विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस मनाउन शुरु गरिएको नेपाल क्लिनिकल प्याथोलोजी संघकी उपाध्यक्ष डाक्टर रुणा झाले बताउनुभयो । यस बर्ष सन् २०१७ को नारा विद आउट प्याथोलोजी ‘देयर इज नो मेडिसिन’ अर्थात ‘याथोलोजी बिना चिकित्सा छैन’ भन्ने रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्