Logo
|
Thursday 25th April 2024
Logo

epaper

बाटोमै सुत्केरी



छायाँनाथ रारा नगरपालिका १० जिउलाकी २२ वर्षीया सरस्वती नेपाली मंगलबार दिउँसो बाटौमै सुत्केरी भएकी छन् ।

घरमा सुत्केरी व्यथाले च्यापेपछि आमासँग हिँडेरै जिल्ला अस्पताल जाने क्रममा उनले श्रीनगरको घाटस्थित बाटोमा छोरा जन्माएकी हुन् । उनका पति मजदुरीका लागि भारतमा छन् । घाट प्राविका प्रधानाध्यापक गगनबहादुर शाहीले बाटोमा सुत्केरी भएको देखेपछि टेलिफोनबाट स्थानीयलाई खबर गरेका थिए । स्थानीयले स्टेचरमा राखेर सुत्केरीलाई अस्पताल पुर्‍याएको रोवा तल्लेख गाउँका अंक बुढाले बताए । सरस्वती र उनको बच्चाको अवस्था सामान्य रहेको डा। डबल मल्लले जनाए ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्