काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको ३ दिने खाद्य मेला सम्पन्न भएको छ । नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना एवं नेपाल खाद्य बैज्ञानिक तथा प्राविधिज्ञ संघको सह— आयोजनामा गत चैत्र ११ गतेदेखि सो मेला शुरु भएको थियो ।
मेलामा नेपाल डाइटिसियन संघले सन्तुलित खानाको प्रदर्शन तथा मानिसहरुको शारीरिक तौल, उचाई, बीएमआई (बोडी मास इन्डेक्स), शरीरमा भएको चिल्लो पदार्थ (टोटल प्याट), भित्री अङ्गहरुमा हुने चिल्लो, माशपेशीको अनुपातको परीक्षण गरिएको थियो ।
साथै संघले रगतमा चिनीको मात्रा जाँच गरी व्यक्तिगत रुपमा उहाँहरुलाई आवश्यक पर्ने स्वस्थकर खानाबारे परामर्श दिइएकोे थियो । सो मेलामा २ सय १४ जना व्यक्तिहरुले डाइटिसियनहरुको परामर्श सेवा लिएको र र १ हजार जना भन्दा वढि व्यक्तिले स्टलमा राखिएका जनचेतनामुलक सामग्रीहरुको अवलोकन गरेको संघकी महासचिव रश्मी बजिमय श्रेष्ठले बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामुलक सन्देशहरु लेखिएका पोष्टरहरु प्रर्दशन गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
जीवनशैली
बीउको तेल सेवनले स्तन क्यान्सरको जोखिम बढाउन सक्छः अध्ययन
आइतबार, भदौ १५, २०८२
टुसा उम्रेका आलु, प्याज र लसुन खाने कि फाल्ने ? वैज्ञानिकको सुझाव यस्ता छन्
सोमबार, जेठ २६, २०८२ट्रेन्डिङ
