नेपाल स्वास्थ्य अर्थशास्त्र संघमा डा अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व
२०७५, २४ बैशाख सोमबार ०४:३७ मा प्रकाशित
नेपाल स्वास्थ्य अर्थशास्त्र संघले डा शिवराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
राजधानीमा शनिबार सम्पन्न २०औँ वार्षिकोत्सव तथा साधारणसभाले डा तीर्था राणा उपाध्यक्ष, महासचिवमा डा विष्णुप्रसाद शर्मा, कोषाध्यक्षमा नवीनप्रसाद श्रेष्ठ र सदस्यमा प्रा डा देवेन्द्रप्रसाद श्रेष्ठ, डा देवेन्द्रप्रसाद ज्ञवाली र अर्जुनकुमार थापा चयन गरेको हो ।
अन्तर्राष्ट्रिय स्वास्थ्य अर्थशास्त्र संघसँग र एसिया प्यासिफिक स्वास्थ्य अर्थशास्त्र सञ्जालको संस्थापक सदस्य संघले स्वास्थ्य अर्थशास्त्रको ज्ञान, अनुभव तथा क्रियात्मक प्रयोग भएका सरकारी तथा निजी क्षेत्रका संघसंस्था र अर्थशास्त्रीबीच समन्वय र सम्बन्ध स्थापित गर्ने कार्य गर्दै आएको छ ।
विसं २०५५ मा सरकारको दीर्घकालीन स्वास्थ्य योजना तथा राष्ट्रिय स्वास्थ्य नीतिको कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्य लिई नेपाल स्वास्थ्य अर्थशास्त्र संघ गठन भएको थियो । रासस
–––