दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गर्नुभएको हो । एघार महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेका ओझाले ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहे पनि आफ्नै आमाले दिन खोजेको किड्नी रकम अभावका कारण प्रत्यारोपण गराउन नसकेको बताउनुभयो । कानेपोखरीमा चार वर्षअघि घरमा भएको आगलागीका कारण आफ्नो सर्वस्व गुमेको र त्यसपछि देखापरेको किड्नी समस्याका कारण अहिले ऋणमा डुबेको बताउनुभयो । ५७ वर्षीया आमा धनमाया ओझाले आफूलाई एउटा किड्नी दिन तयार रहेपनि प्रत्यारोपणबापत लाग्ने रु आठलाख रकम जुटाउन नसकेकाले प्रत्यारोपण गराउन नसकेको गुनासो गर्नुभयो । उहाँले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गर्नुभएको हो । मिर्गौला पीडित ओझाका दुई नाबालक सन्तान छन् । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
